Bisal Chautari Logo

प्रताप दासको नयाँ गीत ‘झ्याम झ्याम’ सार्वजनिक

- १७ आश्विन २०७६, शुक्रबार ०६:१७ मा प्रकाशित


Pratap Das -Jhayam Jhayam song
विशाल चौतारी समाचार
काठमाडौ, २०७६ असोज १७ शुक्रवार ।
नेपाल आइडलका तेश्रो विजेता गायक प्रताप दासको नयाँ गीत ‘झ्याम झ्याम’ सार्वजनिक भएको छ । गीतको भिडियोमा कविता नेपाली र मोडल भिजु पार्कीले डान्स गरेका छन् ।

‘झ्याम झ्याम’ गीतको भिडियो कोरियोग्राफर प्रविण सिंहले गरेका हुन् । कविता र विजुको नृत्य लोभ्याउने खालको छ । संगीतकार आशिष अविरलले झ्याम झ्याममा नाँचु नाँचु लाग्ने संगीत सृजना गरेका छन् । एकनारायण भण्डराीको शब्द रहेको छ।
भिडियोलाई ज्ञानेन्द्र शर्माले खिचेका हुन् भने सम्पादन प्रितम पराजुलीले गरेका हुन् । थुप्रै हिट मेलोडी दिएका गायक प्रतापले आफ्नो पहिलो डान्सिङ नम्वले दर्शक नचाउने विश्वास भएको बताए ।

प्रतिक्रिया