Bisal Chautari Logo

प्रताप र ससिकाको ‘हावाको चिसो झोकाले’ गीतको भिडियो सार्वजनिक (भिडियो सहित)

- ८ बैशाख २०७५, शनिबार ११:३२ मा प्रकाशित


Pratap Das & Sasika Rai song Hawako Chiso Jhokale Debesh Rai
विशाल चौतारी समाचार
काठमाडौं, २०७४ बैशाख ८, शनिबार । पछिल्लो समय नेपाल आइडल र चलचित्र पाश्र्व गायनबाट चर्चामा रहेका नेपाल आइडलका सेकेन्ड रनरअप गायक प्रताप दास र गायिका ससिका राईको स्वरमा ‘हावाको चिसो झोकाले’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । यस गीतमा ‘नेपाली तारा सिजन–३’ का फस्ट रनरअप समेत रहेका गायक देबेश राईको संगीत तथा एरेन्ज रहेको छ । गीतमा इन्दु तामाङको शब्द रहेको छ ।
‘हावाको चिसो झोकाले’ बोलको गीतको भिडियोमा गायक प्रताप र गायिका ससिका फिचरिङ छन् । भिडियोलाई विशाल राईले खिचेका हुन्, भने टेकेन्द्र शाहले सम्पादन गरेका हुन् । गीतको भिडियो विशाल चौतारी मिडियाबाट सार्वजनिक गरिएको छ ।

भिडियो हेर्नुहोस् :-

सार्वजनिक गीतको बारेमा बोल्दै गायक प्रतापले भने –‘गीत एकदमै उत्कृष्ट बनेको छ जस्तो लाग्छ, किनभने गीत रेकर्ड भइरहेको समयमा आउनु भएका अग्रजहरुले धेरै राम्रो रेस्पोस्स दिनु भएको थियो, गायक प्रतापले बताए ।
त्यस्तै यस गीतका संगीतकार तथा एरेन्जर देबेशले गीत उत्कृष्ट बनाउन सबै टिमले प्रयास गरेको बताए । देबेशले भने –‘यो गीत धेरै पहिला नै संगीत गरेको थियो, यो गीत प्रतापको लागी भनेरै राखेको तर नेपाल आइडलमा गएका कारण रेकर्ड गर्न ढिला भएको थियो । तर ढिला भएपनि प्रताप र ससिका दुबैले राम्रो गाएको कारण गीत राम्रो बनेको छ’, देबेशले बताए ।
गायिका ससिका राईले सार्वजनिक गीतको बारेमा बोल्दै भनिन–‘प्रतापको भोकल रेन्ज अलिक हाइ भएको कारण रेकर्ड गर्न हल्का गाह्रो भएपनि राम्रो गर्ने प्रयास गरेकी छु ।’

Hawako Chiso Jhokale | Pratap Das & Sasika Rai | Debesh Rai (Official Video)

 
Song: Hawako Chiso Jhokale
Singer: Pratap Das and Sasika Rai
Music/Arrange: Debesh Rai
Lyrics : Tamang Indu
Camera : Bishal Rai
Edit/Color : Takendra shah
Make-up : Tayahangma Rai
record/mixed: Muskan Mukarung Rai
Studio : Sewa Recording Studio
Flute : Nagendra Rai
Tabla/Dholak/Madal : Bhuwan Gandarva
guitar : Sangeev subba
Video by : Bishal Chautari Pvt. Ltd

प्रतिक्रिया