Bisal Chautari Logo

प्रताप लामा बने नेपाली तारा –३ || देवेश दोस्रो, सुरेश तेस्रो (फोटो फिचर)

- २२ फाल्गुन २०७१, शुक्रबार १४:१७ मा प्रकाशित


Pratap Lama Nepali Tara 3 winner
विशाल चौतारी समाचार
तस्बिर : विशाल राई
काठमाडौ, २०७१, फल्गुन २२, शुक्रबार । नेपालकै सबैभन्दा ठुलो सांगीतिक रियालिटी शो ‘कोकाकोला नेपाली तारा – ३ प्रताप लामा बनेका छ् । प्रतियोगिताको विजेता लामाले ट्रफीका साथमा एउटा बजाज डिस्कोभर मोटरसाइकल, २ लाख ५० हजार रुपैयाँको चेकपनि प्राप्त गरेका छन् ।

Pratap Lama Nepali Tara 3 winner (5)
आज शुक्रबार केही समय अगाडी आर्मी अफिसर क्लवमा सम्पन्न भएको ‘नेपाली तारा ३’ को फाइनल समारोहबाट प्रताप लामाले प्रतियोगीताको उपाधी चुमेका हुन् । कोकाकोला नेपाली तारा सिजन–३ को उपाधी प्रतापले चुम्दा देबेस राई दोस्रो उपाधीको विजेता बने । त्यस्तै सुरेश लामाले तेस्रो उपाधी जितेका छन् । प्रतियोगीतामा दोस्रो भएका देबेस राईले ट्रफीको साथमा ५० हजार र तेस्रो हुने सुरेश लामालाई ट्रफीकै साथमा २५ हजार रुपैया प्रद्धान गरिएको थियो ।

Pratap Lama Nepali Tara 3 winner (2)
बिजेता (प्रताप लामा) : मोरङ्गका प्रताप लामा जसले आफुलाई प्रतियोगीताको स्टाइलिस ब्यक्तिका रुपमा प्रस्तुत गरेका छन् । नेपाली ताराको दोस्रो सिजनका रनर अप सूर्य किरण लामाका भाइ प्रताप रेष्टुरेण्टहरुमा गाउथे ।

Pratap Lama Nepali Tara 3 winner (4)
फस्ट रनरअप : (देबेस राई) : इटहरीका देबेस राई पप गीतहरु गाउन बढी रुचाउछन् । तर प्रतियोगीतामा विभिन्न क्षेत्रको गीतहरु गाउदै उनले आफूलाई भर्साटाइल गायकका रुपमा चिनाएका थिए । उत्कृष्ट गायनका साथै उनी म्युजिक कम्पोज तथा एरेन्ज गर्न पनि उत्तिकै प्रतिभाशाली छन् ।

debesh rai  Nepali Tara 3 1st
सेकेन्ड रनरअप (सुरेश लामा) : सुरेस लामा चितवनको एउटा सानो गाउाबाट गायक बन्ने धकेको बोकेर आएका छन् । उनले “गल्ती हजार हुन्छन्” गीतबाट आफुलाई निर्णायक मण्डल सामु आफ्नो छाप छोडेका थिए । उनी चितवन आइडलको पनि रनर अप भइसकेका छन् ।

suresh lama Nepali Tara 3 second ranarup
हजारौ सांगीतिक प्रतिस्पर्धिहरुको खोजका लागि तत्पर रहेको कोका–कोला नेपाली तारा ३ को यो यात्रा भदौ १७, २०७१ मा धरानबाट सुरु भइ नारायणगढ, बुटवल, पोखरा, भत्तपुर हुादै राजधानी काठमाडौ आएको थियो । कोका–कोला नेपाली ताराको रुपमा ३ वटा गाना गाउने अवसर पाउनेछन् जसको ३ वटा म्युजिक भिडियो बनाइने छ । अन्तिम १० प्रतियोगिहरु प्रत्येकले रु.११००० नगद पुरस्कारका साथ विशेष टप १० एल्वममा एउटा गाना गाउने अवसर पाउनेछन् । यसका साथै विजेताले दक्षिण कोरियाको सियोलमा कन्सर्टको पनि मौका पाउनेछन् । कोका–कोला नेपाली ताराको विजेताले डिजिटल कि प्रोडक्सनले प्रायोजनमा अस्ट्ेरलिया ट्रिपमा जाने अवसर पाउनेछन् जबकि २ सर्वोत्कृष्ट विजेताहरुले थर्ड आइ युकेको प्रायोजनमा लन्डन ट्रिपमा जाने अवसर पाउनेछन् । अन्तिम ३ मा पर्न सफल हुने प्रतियोगीहरुले जियोनि मोवाइलबाट विश्वको सबैभन्दा पातलो मोवाइल फोन प्राप्त गरेका छन् ।

सबै फोटो फिचरमा हेर्नुहोस्

Pratap Lama Nepali Tara 3 winner (3) Pratap Lama Nepali Tara 3 winner (1)

प्रतिक्रिया