Bisal Chautari Logo

प्रधानमन्त्री कार्यालयमा मुख्य सचिव वाइपास

- १४ फाल्गुन २०७४, सोमबार १०:०४ मा प्रकाशित


Political news
विशाल चौतारी समाचार 
काठमाडौं २०७४ फाल्गुन १४, सोमबार । केपी शर्मा ओली प्रधानमन्त्री भएपछि मुख्य सचिव लोक दर्शन रेग्मीलाई वाइपास गरेर काम गर्न शुरु गरेका छन् । ओलीले काँग्रेस नेतृत्वको सरकारले जथाभावी निर्णय गर्दा मुख्य सचिव रेग्मी रमिते बनेर सहयोग गरेको भन्दै रुष्ट थिए ।
प्रधानमन्त्री बनेर कार्याभार सम्हालेका प्रधानमन्त्री ओलीले त्यसबेला देखि नै मुख्य सचिव लोकदर्शन रेग्मीलाई वाइपास गरि प्रधानमन्त्री तथा मन्त्री परिषद् कार्यालयका सचिव प्रेम राईसँग विफ्रिङ लिन शुरु गरेका थिए र अहिले पनि यो क्रम जारी छ ।
एमालेले काम चलाउन सरकारलाई महत्वपूर्ण निर्णय नगर्न पटक पटक चेतावनी दिएको थियो तर निर्वाचन सकिएर काम चलाउन भएपनि महत्वपूर्ण निर्णयहरु गर्न तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले भ्याए ।
यसमा मुख्य सचिव लोकदर्शन रेग्मीले पनि साथ र सहयोग गरेको भन्दै एमाले र माओवादीका नेताहरु मुख्य सचिव लोकदर्शन रेग्मीसँग रुष्ट बनेका हुन् । काम चलाउ सरकारका मन्त्री र प्रधानमन्त्रीहरुले जे जे भन्यो सोही निर्णय गरेको भन्दै मुख्य सचिव रेग्मीलाई हटाउँनु पर्ने माग एमालेभित्रै उठिरहेको छ ।

तर रेग्मीले केही एमाले र केही माओवादीका प्रभावशाली व्यक्तिहरुलाई रिझाएर मुख्य सचिवमै कायम हुन लागि परेका छन् । अहिले उनी विहानैदेखि राती अवेरसम्म प्रधानमन्त्री र उनका सहयोगीहरुलाई रिझाउन लागि परेको स्रोतले बतायो । तर, प्रधानमन्त्री ओली भने उनलाई हटाएर नयाँ व्यक्तिलाई मुख्य सचिव बनाउने तयारीमा जुटेका छन् ।
प्रधानमन्त्री भएदेखि नै ओलीले मुख्यसचिव रेग्मीलाई वाइपास गर्दै प्रेम राईसँग व्रिफ्रिङ लिन थालेका छन् । उनले मुख्यसचिवलाई राजीनामा दिन अप्रत्यक्ष रुपले सुझाएका छन् तर उनी मानिरहेका छैनन् ।
अटेर गर्दै मुख्य सचिव रेग्मी बसिरहे अतिरिक्त वा अन्य कुनै ठाउँमा उनलाई पठाउने तयारी भइरहेको प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय स्रोतको भनाई छ ।

प्रतिक्रिया