Bisal Chautari Logo

दयाहाङ, रोहित र छुल्टिमको ‘नेप्टे’ पोष्टर रिलिज

- ५ चैत्र २०७४, सोमबार १७:१४ मा प्रकाशित


nepte movie poster dayahang rai and rohit rumba
विशाल चौतारी समाचार
काठमाडौं, २०७४ चैत ५, सोमबार । ‘सुपारी काँचो’ र ‘दिल रानी’ बोलको गीतसँगै पछिल्लो पटक आएको ट्रेलरका कारण दर्शकमाझ प्रतिक्षित बनेको चलचित्र ‘नेप्टे’का पोष्टरहरु समेत सार्वजनिक गरिएको छ । चलचित्रको प्रचार प्रसारका लागि भनेर तयार पोरिका पोस्टर दर्शक प्रतिक्रियाका लागि मिडिया माझ ल्याइएको हो ।
पोष्टरमा चलचित्रका कलाकार रोहित रुम्बा, छुल्ठिम गुरुङ्ग, दयाहाङ राई, ए गुरुङ, वुद्दि तामाङलगायतका अटाएका छन् । देव कुमार श्रेष्ठले यो चलचित्र निर्देशन गरेका हुन् ।
किरण माइकलको पटकथा एवं संवाद रहेको चलचित्रमा रोहित आफैंले कथा लेखेका हुन् । कलाकार रोहित रुम्बाद्वारा निर्मित ‘नेप्टे’मा हरी घले लामाको छायाँकन रहेको छ ।
चलचित्र भित्र अभिनय रहेका कलाकार पूर्णिमा लामा, अरुणा कार्की, प्रनिशा सिलवाल, उत्तम केसीलगायतका कलाकार पोष्टरमा अटाएका छैनन् । उनीहरुको अभिनय दर्शकका लागि सरप्राइज हुने भन्दै पोष्टरमा नअटाइएको निर्माता रोहितले बताए । छुल्ठिम र रोहितको प्रेममा दया भिलेन बनेको यो चलचित्र ३० चैत्रबाट देशभर प्रदर्शनमा आउँदैछ ।

Dayahang Rai लाई Nepte movie मा खेलाउनका लागी १९ महिना कुर्नुपर्‍यो – Rohit Rumba


Camera : bishal Rai

प्रतिक्रिया