Bisal Chautari Logo

सात पटकसम्म प्रधानमन्त्री बन्नका लागि ‘विन्ध्यवासिनीमा’ पूजा गदै देउवा

- ८ मंसिर २०७४, शुक्रबार ०८:३४ मा प्रकाशित


Prime Minister Deuwa while worshiping
विशाल चौतारी समाचार
पोखरा, २०७४ मंसिर ०८ शुक्रवार । प्रधानमन्त्री शेरबहादुर देउवाले पोखराको विन्ध्यवासिनीमा पुजा गरेका छन् । प्रधानमन्त्री देउवा शुक्रबार बिहान विन्ध्यवासिनी मन्दिरको दर्शन गरेको हो ।
अचानक पोखरा आएका प्रधानमन्त्री देउवाले पोखराको निर्वाचन गतिविधिका बारेमा यहाँको उच्च आधिकारीहरुसँग सोधपुज गरेको छन् । शुक्रबार बिहान राजधानी फर्किनुअघि पश्चिमाञ्चल क्षेत्रीय र प्रदेश–४ का प्रशासनिक तथा सुरक्षा प्रमुखसँग प्रधानमन्त्रीले विमानस्थलमा छलफल गरेका थिए । पहिलो चरणमा निर्वाचन हुने प्रदेश–४ भित्रका ६ वटा जिल्लाको सुरक्षा अवस्थाबारे प्रधानमन्त्री देउवाले सुरक्षा प्रमुखसँग सोधेका थिए ।
सुरक्षा निकायले पहिलो र दोश्रो चरणमा निर्वाचन हुने सबै जिल्लाको सुरक्षा व्यवस्था भरपर्दो रुपमा मिलाएको भन्दै विश्वस्त पारेका थिए । पश्चिमाञ्चल क्षेत्रीय प्रशासक लक्ष्मण अर्यालले प्रधानमन्त्रीसँगको छलफलबारे जानकारी दिँदै सञ्चारकर्मीसँग भने, ‘सुरक्षा निकायले प्रधानमन्त्रीलाई निर्वाचन सुरक्षाबारे बताएपछि विश्वस्त भएर जानुभएको छ । हाम्रो जवाफ सुनेपछि प्रधानमन्त्री देउवा ढुक्क भएर राजधानी फर्किनुभयो ।’
निश्पक्ष, शान्तिपर्ण र भयरहित निर्वाचन गराउन सबै सुरक्षा निकाय सक्षम रहेको भन्दै आफुहरुले जानकारी गराएको प्रशासक अर्यालले बताए । प्रधानमन्त्रीसँगको छोटो छलफलमा सहभागि एक सुरक्षा अधिकृतले पहिलो चरणको निर्वाचन हुने जिल्लामा के कस्तो चुनौती रहेको र ती चुनौतीसँग सामाना गर्न सक्ने गरि तयारी के कस्तो छ भनेर सोधेका थिए । ‘सुरक्षा निकायको जवाफले प्रधामन्त्री सन्तुष्ट भएका छन,’ ती अधिकृतले भने ।

प्रतिक्रिया