बाढिपहिरो पीडितको उद्धार र राहतका लागि प्रधानमन्त्रीको निर्देशन

Prime Minister order for relief and relief of flood victims
विशाल चौतारी समाचार
काठमाडौा, २०७४ श्रावण २८ शनिबार । प्रधानमन्त्री शेरबहादुर देउवाले देशका विभिन्न भागमा बाढी र पहिरोको चपेटामा परेका नागरिकलाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्न र पीडितलाई राहत उपलब्ध गराउन सम्बन्धित जिल्लाका स्थानीय प्रशासनलाई निर्देशन दिउका छन् ।
sherbahadurdeuba

शुक्रबार रातिदेखि अविरल रुपमा परेको भीषण बर्षाका कारण आएको बाढीले तराईका विभिन्न जिल्लामा दुई दर्जन भन्दा बढीले ज्यान गुमाएका छन् । सिन्धुलीमा पहिरोमा परी एकैपरिवारका चारको मृत्यु भएको छ ।
प्रधानमन्त्री देउवाले शुक्रबार बिहानै बाढिपहिरो प्रभावित जिल्लाका प्रशासन प्रमुखलाई सम्पर्क गरी विपत्को चपेटामा परेका नागरिकलाई उद्धार, राहत र सुरक्षित स्थानमा स्थानान्तरणलगायत सबै प्रकारको सहयोग प्रदान गर्न निर्देशन दिए।
बाढी र पहिरोमा परी ज्यान गुमाएकाप्रति श्रद्धाञ्जलि र तिनका परिवारप्रति हार्दिक समवेदना प्रकट गर्दै प्रधानमन्त्री देउवाले यो विपत्को घडीमा एक ढिक्का हुन सम्पूर्ण देशवासीलाई आग्रह गरेका छन् । रासस