Bisal Chautari Logo

अभिनेत्री प्रियंकाले मतदान गरेपछि लेखिन्, ‘देशलाई प्रगतिको बाटोमा लाने उम्मेदवारको छनौट गरौं’

- २१ मंसिर २०७४, बिहीबार ०७:२५ मा प्रकाशित


Priyanka Karki casts vote in gyaneshwor kathmandu
विशाल चौतारी समाचार
काठमाडौा ,२०७४ मंसिर २१ बिहिबार । आम निर्वाचन सुरु हुनासाथ देशका विभिन्न चुनावी क्षेत्रबाट सेलिव्रेटिहरुलेपनि मतदान गरेका छन्,भने गर्ने क्रम जारी रहेको छ ।
चर्चित अभिनेत्री प्रियंका कार्कीले काठमाडौको ज्ञानेश्वर क्षेत्र नम्बर ४, वडा नम्बर ३० बाट मतदान गरेकी छिन् । अभिनेत्री प्रियंकाले आज बिहानै ७:३० बजे आफ्ना बाबासंग मतदान गरेको विशाल चौतारीलाई बताइन् । मतदान गरेपछि अभिनेत्री प्रियंकाले फेसबुकमा मतदान गरेको तस्बिर सियर गर्दै लेखेकी छिन्, ‘मतदान हाम्रो नैसर्गिक अधिकार हो । यसलाई हामी सबैले उपयोग गरौं । पार्टी मुखी हुनु भन्दा देशलाई प्रगतिको बाटोमा लानसक्ने सही उम्मेदवारको छनौट गरौं । सबैको जय होस् ।’

प्रतिक्रिया