Bisal Chautari Logo

नेपालमा पब्जी खेल प्रतिबन्ध

- २९ चैत्र २०७५, शुक्रबार ०५:५७ मा प्रकाशित


PUBG BAN IN NEPAL

विशाल चौतारी समाचार
काठमाडौं, २०७५ चैत २९, शुक्रवार।
नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमा पब्जी खेल प्रतिबन्ध लगाएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको विशेष आग्रहमा प्राधिकरणले पब्जी खेल बन्द गर्न सबै इन्टरनेट सेवा प्रदायकहरुलाई निर्देशन दिएको हो ।

प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले प्रहरीको आग्रहमा आजै इन्टरनेट प्रदायकहरुलाई पब्जी खेल डाउनलोड र खेल्ने कार्य लागि रोक्न‍का लागि पत्र पठाइएको जानकारी दिए।

बालबालिका र किशोरकिशोरीमाझ लोकप्रिय खेल पब्जीले मानसिक समस्या निम्त्याएको भन्दै यसलाई तत्काल बन्द गर्नुपर्ने सुझाव विज्ञहरूले दिएका थिए ।
पहिलो पटक सन् २०१७ को मार्चमा रिलिज भएको यो गेम दुई वर्ष नहुँदै यसका प्रयोगकर्ताको संख्या ५० करोड नाघिसकेको छ। ८ करोड ७० लाख मानिस दैनिक रुपमा पब्जी खेल्दछन्। यो गेम विन्डोज, एक्सबक्स, एन्ड्रोइड तथा आइओएस प्लाटफर्ममा उपलब्ध रहेको छ।

प्रतिक्रिया