Bisal Chautari Logo

राजेश हमाल र धुर्मुस-सुन्तलीले भोट नहाल्ने, कारण यस्तो छ

- २० मंसिर २०७४, बुधबार ११:३४ मा प्रकाशित


Rajesh Hamal and Dharmus Santali will not allow voting
विशाल चौतारी समाचार
काठमाडौँ ,२०७४ मंसिर २० बुधवार । भोलि प्रतिनिधि सभा र प्रदेश सभाको दोस्रो चरणको निर्वाचन हँुदैछ । भोट हाल्नको लगि सबै आ आफ्ने जिल्लामा पुगिसकेका छन् । कलाकारहरु पनि केही जिल्ला पुगिसकेका छन् भने केही कलाकाकर्मीले राजधानीबाटै भोट हाल्ने ब्यवस्था पनि मिलाएका छन् । तर कोही कलाकारले भने यो चुनावमा भोट नखसाल्ने भएका छन् ।
राजेश हमाल
अभिनेता राजेश हमालले भोलिको निर्वाचनमा भोट हाल्ने छैनन् । एक कार्यक्रमको सिलसिलमा केही दिन पहिले भारतको सिमला पुगेका राजेश चुनावपछि मात्र फर्किने उनका सहयोगीले बताए । राजेशले यस अगाडि काठमाडौ क्षेत्र नं ६ को लैनचौर स्थित बुथबाट भोट खसाल्दै आएका थिए ।
धुर्मुस -सुन्तली
‘मेरी बस्सै’बाट चिनिएका हाँस्य कलाकार सीताराम कट्टेलले र सुन्तली कुञ्जना घिमिरेले पनि भोलि भोट खसाल्दैनन् । पछिल्लो समय बिभिन्न समुदायको लागि नमुना बस्ती निर्माण गर्दै सामाजिक काममा अब्बल रहँदै आएका धुर्मुस सुन्तली बाढी पिडितको बस्ती निर्माणमा आफ्नु क्रियासिल रहेको कारण भोट खसाल्न जान नभ्याउने बताए । यस अगाडि सीतारामले झापा क्षेत्र नम्बर ५ बाट भोट खसाल्दै आएका थिए ।
अभिनेता निखिल उप्रेती
अभिनेता निखिल उप्रेतीले पनि भोलि भोट हाल्ने छैनन् । चलचित्र अभिनयका लागि उनी जिल्ला बाहिर रहने भएकाले निर्वाचनमा भाग नलिने भएका हुन् ।

प्रतिक्रिया