Bisal Chautari Logo

३९० जना शाखा अधिकृत दरखास्त खुला, यसरी भर्नुहोस फारम

- २७ मंसिर २०७४, बुधबार ०८:३३ मा प्रकाशित


390 Branch Authorized Offices Open
विशाल चौतारी समाचार
काठमाडौँ ,२०७४ मंसिर २७ बुधवार । लोक सेवा आयोगले खुला तथा समावेशी गरेर जम्मा ३९० पदको लागि दरखास्त खुला गरेको छ । व्यवस्थापिका न्याय, परराष्ट्र, प्रशासन र लेखा परीक्षण सेवाको लागि दरखास्त आहृवान गरेको हो ।
                                                                                                                              फाइल फोटो

खुला तर्फ २०६ पद र महिलाका ५९ पदमा दरखास्त खुला गरेको छ । समावेशीतर्फ आदिवासी(जनजाति, मधेसी, दलित, अपाङ्ग र पिछडिएको क्षेत्रको लागि पनि पद सिर्जना गरेको आयोगले जनाएको छ ।
आयोगले ४ चरणको परिक्षापछि अन्तिम नामावली प्रकाशित गर्ने व्यवस्था गरेको छ । आयोगका अनुसार लिखित, सूचना प्रविधि सीप परीक्षण, सामूहिक परीक्षण र अन्तर्वार्ता पछि अन्तिम नामावली प्रकाशित हुनेछ ।
अनलाइनबाटै दरखास्त फारम भर्न सकिने छ । दरखास्त आगामी पुस १८ गतेसम्म दिन पाइने छ । दोब्बर दस्तुरमा पुस २५ गतेसम्म पनि दरखास्त दिन सकिनेछ ।
दरखास्तवालाले आन्तिरक प्रतियोगिता र खुलाको लागि १ हजार रुपैयाँ, प्रत्येक समावेशी समूहको लागि थप ४ सय तथा न्याय र परराष्ट्र सेवाको थप पत्रको लागि छुट्टारछुट्टै ४ सय रुपैयाँ बुझाउनु पर्नेछ ।
आयोगले दरखास्तको लागि बुझाइने रकम आयोगको केन्द्रीय कार्यालय तथा काठमाडौं उपत्यकाका संकलन केन्द्र, क्षेत्रीय निर्देशनालयहरु र अञ्चल कार्यालयहरु र आयोगको कार्यालय भएका जिल्ला बाहेकका जिल्ला हुलाक कार्यालयहरुमा गएर समेत जम्मा गर्न सकिने छ ।

प्रतिक्रिया