Bisal Chautari Logo

गायक राजेश पायल राईले युट्युबमा उधुम मच्चाउदै इतिहास रचे || ५ भिडियो एकसाथ ट्रेन्डिङमा

- १९ भाद्र २०७४, सोमबार १५:५२ मा प्रकाशित


rajesh payal rai 5 video youtube trending news
विशाल चौतारी समाचार
काठमाडौ, २०७४ भाद्र १९ सोमबार । नेपाली संगीत क्षेत्रका लागी सबैभन्दा बिक्ने नाम हो, राई इज किङ अर्थात राजेश पायल राई । विगत २५ वर्षदखि निरन्तर संगीत यात्रालाई आत्मसाथ गरिरहेका राजेश अहिले चर्चामा रहेको रियालिटी शो ‘नेपाल आइडल’ मा गएको साता गेष्ट जजको रुपमा पुगेका थिए ।
आइडलको सुरु नै राजेशको गायनबाट गरिएको थियो । उनले ‘तिमीलाई रोजे विश्वास गरे’ बोलको गीत गाएका थिए । उनको प्रस्तुतिले माहोल नै फरक बनाइदिएको थियो । गेष्ट जजको रुपमा त्यस अगाडि जादा रामकृष्ण ढकाल विवादमा तानिरहदा राजेशको भने चौतर्फी तारिफ भयो कारण थियो उनको प्रस्तुति साथमा उनले प्रतिस्पर्धीलाई गरेको समानपूर्वक जज ।

गायक राजेश पायल राईको प्रस्तुतीपनि सामाजिक सञ्जाल फेसबुकमा सबैभन्दा बढी तारिफ पाएको नेपाल आइडलको पहिलो शोपनि बनेको थियो ।

जब यो कार्यक्रम टेलिभिजनमा अन एयर भयो त्यसको भोलिपल्ट नै विभिन्न युट्युव च्यानलले उनको गायकीलाई लिएर भिडियो समाचार बनाए । कतिपयले गाएको जस्ताको त्यस्तै राखे । विभिन्न युट्युव च्यानलमा राखिएको उनको भिडियोमध्ये ४ वटा भने हाल नेपाल ट्रेन्डिङमा परेका छन्, भने चलचित्र ए मेरो हजुर–२को गीत समेत अझै ट्रेडिङमै रहेको छ ।

प्रतिक्रिया