Bisal Chautari Logo

बिबाहित राजेश हमालले अबिबाहित राजेशपायललाई बिबाह गर्न अनुरोध गरेपछि (एक्सक्लुसिभ अन्र्तवार्ता भिडियो सहित)

- १८ जेष्ठ २०७१, आईतवार ०८:४९ मा प्रकाशित


बिबाह गर्ने केटी जुनै जातको भएपनि, या त बिदेशी नै भएपनि एउटा कलाकारको कामलाई बुझ्ने किसिमको हुनपर्छ – राजेशपायल

बिबाहपछिको ३ दिनको अनुभव – राजेशहमाल 

एक वर्ष भित्रमा बिबाह गर्नुपर्ला जस्तो छ – राजेशपायलRajesh payal rai and Rajesh hamal

विशाल चौतारी समाचार
काठमाडौं, २०७१ जेठ, १८ आइतवार । मितज्यु महाअभिनेता राजेश हमालले बिबाह गरेपछि नेपाली आधुनिक तथा पाश्र्व गायनका नम्बर एक गायक राजेशपायल राई अहिले एक्लिएको भन्ने समाचारहरु आइरहेको छ । दुबै मितज्यु बिबाहको बारेमा भगवान् भरोसा मान्ने गरेका थिए । भन्थे–‘बिबाह भन्ने कुरो माथिबाटै लेखिएर आउनुपर्ने रहेछ ।

यहि घनिष्ठ सम्बन्धलाई दिगो बनाइरहन राजेश हमालले मितज्यु राजेशपायललाई छिट्टै बिबाह गर्न आग्रह गरेका छन् । विशाल चौतारी डटकमले बिबाह भएको तिन दिनपछि एक्सक्लुसिभ अन्र्तवार्ता लिने क्रममा अभिनेता हमालले गायक राईलाई बिबाह गर्न आग्रह गरेका हुन् । Rajesh payal rai and Rajesh hamal 1
करिव ७ मिनेटको अन्र्तवार्ताको क्रममा अभिनेता हमाल र गायक राई एकअर्कामा गफिएपनि । गायक राईले अन्र्तवार्ता बताए अनुसार, आफुले बिबाह गर्ने केटी जुनै जातको भएपनि, या त बिदेशी नै भएपनि एउटा कलाकारको कामलाई बुझ्ने किसिमको हुनपर्ने बताए ।
त्यस्तै अभिनेता हमालले बिबाह गरेपछि तिन दिनको अनुभव सुनाउदै भने ‘– बिबाह भएको तिन दिनमा धेरै कुराहरु बिबाहको बारेमा अनुभव गर्न नपाएपनि, धेरै कुराहरुमा परिवर्तन आएको जस्तो लाग्छ । मलाई दाई मात्र भन्ने अहिले भाउजु भन्न पाएका छन्, भाइ भन्नेले बुहारी भन्न पाएका छन्, उता छोरी मात्र भन्नेले मलाई ज्वाई भन्न पाएका छन् । यहि संस्कार नै बिबाहको रमाइलो पक्ष जस्तो लाग्यो’, अभिनेता हमालले बताए ।

Rajesh payal rai and Rajesh hamal about marriage video

प्रतिक्रिया