Bisal Chautari Logo

दाङको फोनसेवा गए रातिदेखी ठप्प

- ६ मंसिर २०७४, बुधबार ११:४७ मा प्रकाशित


Phone call blocked
विशाल चौतारी समाचार
दाङ, २०७४ मंसिर ०६ बुधवार । गए रातिदेखि दाङको फोनसेवा ठप्प रहेको छ । नमस्तेको मोबाईल र ल्याण्डलाईन फोन बिग्रिएपछि दाङ जिल्ला सञ्चारविहीन बन्न पुगेको हाृ ।
                                                                                                                          फाइल फोटो

जिल्लाको इमेल इन्टरनेट सेवा समेत प्रभावित बनेको छ। घोराही नजिकैको कटुवा खोलामा जमिनमुनी विच्छाइएको अप्टिकल फाईबर चुडिएको हुँदा गएराति सेवा दाङको ल्याण्डलाईन फोन र नेपाल टेलिकमद्वारा सञ्चालिन सबै प्रकारको सेवा अवरुद्ध भएको दूरसञ्चार कार्यालय राप्ती तुलसीपुरका प्रमुख बलराम जोशीले जानकारी दिए । तर, एनसीएलको फोन भने सूचारु रहेको छ।
अप्टिकल फाईबर कसरी चुडिन पुग्यो? भन्ने बारेमा भने एकीनका साथ भन्न नसकिने उनले बताए। कटुवा खोलामा पुल निर्माण हुँदै आएकोले खन्ने क्रममा स्काभेटरले चुडाएको हुन सक्ने वा बुधबार जिल्ला बन्द आह्वान गरेको बिप्लव समूहले उक्त कार्य गरेको हुन सक्ने आशंका गरिएको छ। मर्मत कार्य जारी रहेकोले अबको केही घन्टामै सेवा पुनस्सञ्चालन हुने उनले बताए ।

प्रतिक्रिया