Bisal Chautari Logo

शिल्पा र रक्षासँग त्रिकोणात्मक प्रेममा गौरव || जित कस्को ? (भिडियो हेर्नुहोस्)

- ६ मंसिर २०७४, बुधबार १३:५९ मा प्रकाशित


Gaurav Pahari, Shilpaa Pokharel & Rakshya Shrestha song Yo Dilko Raja – Deshu Gole
विशाल चौतारी समाचार
काठमाडौ, २०७४ मंसिर ६, बुधबार । अभिनेत्री शिल्पा पोखरेल र रक्षा श्रेष्ठसँग अभिनेता गौरव पहारी त्रिकोणात्मक प्रेममा परेका छन् । तर यो त्रिकोणात्मक प्रेममा जित कस्को होला ? त्यो भने भिडियो नै हुर्नुपर्ने हुन्छ ।
प्रसंग हो निर्देशन पासाङ योञ्जन लामाले निर्देशन गरेको एक म्युजिक भिडियोको । जहा पासाङले त्रिकोणात्मक प्रेमलाई सरल किसिमले प्रस्तुत गरेका छन् ।
बेलायतमा बसेर नेपाली गीतसंगीतमा सक्रिय रहेकी गायिका देशु गोलेले आफ्नो नया गीत बजारमा ल्याएकी छन् । ‘यो दिलको राजा’ बोलको गीत म्यूजिक भिडियो ल्याएकी हुन् ।
देशुकै शब्द रहेको गीतमा नेपाली ताराका विजेता गायक प्रताप लामाको संगीत छ भने लोकप्रिय संगीतकार अर्जुन पोखरेलले म्यूजिक एरेन्ज गरेका छन् । लभ फ्लेभरमा रहेको गीतको भिडियोमा अभिनेत्रीद्धय शिल्पा पोखरेल र रक्षा श्रेष्ठसँग अभिनेता गौरव पहारीको अभिनय छ । भिडियोमा त्रिकोणात्मक प्रेम देख्न सकिन्छ ।
ज्ञानेन्द्र शमाले खिचेको भिडियोलाई प्रविण श्रेष्ठले सम्पादन गरेका हुन् । गीतको भिडियो निर्देशन पासाङ योञ्जन लामाले गरेका हुन् ।
देशुले यसअघि ल्याएको ‘सायद मलाई’बोलको गीतलाई दर्शकले निकै रुचाएका थिए । ‘यो गीतलाई पनि रुचाइदिनुुहुन्छ भन्ने विश्वास छ,’ हाल काठमाडौंमा रहेकी उनले भनिन्, ‘म जहाँ रहेपनि मेरो मन सधै नेपाली नै हो त्यसैले नेपाली संगीतप्रति मेरो मोह कहिल्यै घट्नेछैन, झन्झन् बढ्नेछ । ’

भिडियो हेर्नुहोस्


vocal : Deshu Gole
Lyrics : Deshu Gole
Arrange : Arjun Pokharel
Compose : Pratap Lama
Recordist : Sajan Shah
Mixing & Mastering : Kishor Thapa
Model : Gaurav Pahari , Shilpaa Pokharel & Rakshya Shrestha
MUA : Seema Gurung
Camera : Gyanendra Sharma
Editor : Prabin Shrestha
Director : Pasang Yonjan Lama

प्रतिक्रिया