Bisal Chautari Logo

दुर्घटनाको बाबजुतपनि राजेश पायल फ्यानको लागी गुल्मी महोत्सवमा झुल्किए (भिडियो सहित)

- २५ चैत्र २०७४, आईतवार ०८:२२ मा प्रकाशित


rajesh payal rai concert 2018
विशाल चौतारी समाचार
काठमाडौं, २०७४ चैत २५, आइतबार । मेघा स्टार गायक राजेश पायल राई गुल्मी महोत्सवमा कन्सर्ट दिन जाने क्रममा सवारी दुर्घटनामा परेपनि आफ्ना फ्यानहरुका लागी स्टेजमा उत्रिएका छन् ।
हिजो शनिबार भएको कार्यक्रममा गायक राजेश पायल राई आफ्ना फ्यानहरु माझ स्टेजमा उत्रदा दर्शकहरुको भिड थामिसक्नु थिएन । गायक राईको अफिसियल फेसबुक पेजबाट गरिएको लाइभ हेर्दा उनलाई हेर्न भनेर बसेका सबै दर्शकहरुले एक्सिडेन्टको बारेमा स्वास्थ्य लाभको पनि कामना गरेको देख्न सकिन्छ । ‘तिमिले बाटो फेर्‍यौ अ‍ेर’ बोलको गीतबाट गायक राजशे पायलले कार्यक्रममा गाउन सुरु गरेका थिए । त्यसपछि कार्यक्रममा क्रमश दर्शन नमस्ते, उकालिमा जादा जादै, झिमझिम गर्ने परेली, दिक्तेल बजार, दर्पणमा छाया कति राम्रो, लगायत हिट गीतहरु गाएर गुल्मिका दर्शकलाई मनोरञ्जन दिएका थिए ।

कार्यक्रममा दुर्घटनाको बारेमा बोलेको भिडियो हेर्नुहोस् :

गायक राजेश पायलसंगको फोन सम्पर्कमा कुरा गर्दा उनले भने ‘टाउकोमा हल्का चोट लागेकोले गर्धन दुखिरहेको छ, तरपनि फ्यानहरुका लागी स्टेजमा उत्रिएको हु ।’
गायक राजेश पायल राई गुल्मी महोत्सवमा सहभागी हुन जाने क्रममा उनको गाडी दुवी चौर भन्ने स्थानमा दुर्घटना भएको थियो । गाडिमा सवार आयोजक खुमा गौतम र रेडियो कान्तिपुरको प्रशासन प्रमुख परमानन्द खनालपनि घाइते भएका थिए ।

फोटो फिचर हेर्नुहोस् :-

rajesh payal rai concert 2018 gulmi

rajesh payal rai concert gulmi

rajesh payal rai concert  gulmi 2018

Bisalchautari Tv – ad

प्रतिक्रिया