Bisal Chautari Logo

राई इज किङको न्युयोर्कमा भब्य कन्र्सट || नेपाल आइडलको पर्फमेन्सलाई यादगार बनाए

- १४ कार्तिक २०७४, मंगलवार ०५:१७ मा प्रकाशित


rajesh payal rai concert in new york city
विशाल चौतारी समाचार
काठमाडौ, २०७४ कात्तिक १४, मंगलबार । चर्चित गायक राजेश पायल राई अहिले कार्यक्रमको शिलशिलामा अमेरीकाको विभिन्न स्टेटहरुमा कन्र्सटमा ब्यास्त बनिरहेका छन् । यही क्रममा अमेरीकाको मुटु न्युयोर्कमा भब्य कन्र्सट सम्पन्न भएको छ ।
गत अक्टुबर २९ तारिकका दिन न्योयोर्कमा भब्य अनी सभ्य कार्यक्रमलाई नमस्ते नेपालले आयोजना गरेका थिए । नमस्ते नेपालका पदम गुरुङका अनुसार यो कार्यक्रम अमेरीकाकमा भइरहेको मध्ये ठुलो रकमको भएको विशाल चौतारीलाई बताए । किन भने यो कार्यक्रम हेर्नका लागी दर्शकहरुले १०० डलर खर्च गर्नु परेको थियो ।
कार्यक्रममा गायक राजेश पायलले लगभग ३ घण्टा एक्लै दर्शकहरुलाई झुमाएका थिए । अमेरीकामा बढ्दै गएको चिसो माहोल तताएका थिए । उत्त कार्यक्रममा स्थानीय गायिका बसन्ती राईले म त मर्छु कि क्या हो ठुली, दिक्तेल बजार बोलको गीतमा गायक राजेश पायललाई साथ दिएकी थिइन् । सो कार्यक्रमबाट उठेको रकम बाढी पिडित परिवारलाई सहयोग गरिने आयोजक संस्थाका पदम गुरुङले बताए । अबको कार्यक्रम नोबेम्बर ४ तारिकमा न्यु हाम्पश्रीमा हुनेछ ।

प्रतिक्रिया