Bisal Chautari Logo

राजेशपायल राईको ‘दर्शन नमस्ते–३’को ‘किन यति धेरै मायाँ लाग्छ नि हौ’ सार्वजनिक (भिडियोसहित)

- १ आश्विन २०७४, आईतवार १४:४२ मा प्रकाशित


Rajesh Payal Rai song Kina Yeti Dherai Maya lagchha ni hau Feat Wilson Bikram Rai & Alisha Rai
विशाल चौतारी समाचार
काठमाडौ, २०७४ अशोज १, आइतबार । नेपाली सुगम गायन तथा पाश्र्व गायनका नम्बर एक गायक राजेश पायल राईको अत्याधिक पर्खाइमा रहेको एल्बम ‘दर्शन नमस्ते–३’को ‘किन यति धेरै माया लाग्छ नि हौ’बोलको गीत सार्वजनिक भएको छ ।
विन्धवासिनी म्यूजिकले १५ लाखमा एल्बमको अधिकार किनेको गीत ‘किन यति धेरै माया लाग्छ नि हौ’ विन्धवासिनी म्यूजिकको अफिसियल युट्युव च्यानल विन्धवासिनी म्यूजिकबाट आज अशोज १ गते बेलुकी सार्वजनिक गरिएको हो ।
सार्वजनिक म्युजिक भिडियोको बारेमा गायक राजेश पायलले फेसबुकमा लेखेका छन्,‘म जहाँ छु तपाईंहरुकै आसिर्बाद ले छु, आज फेरी तपाईहरुको आसिस र सुझाबको झोली मागे आज देखी दर्शन नमस्ते तपाइहरु माझ सुम्पे । सदा तपाइहरुकै राजेश पायल राइ …’ ।

म्युजिक भिडियो हेर्नुहोस् :

सार्वजनिक गीतमा चर्चित संगीतकार महेश खड्काको शब्द तथा संगीत रहेको छ, भने एरेञ्ज महाराज थापाको रहेको छ ।
यस गीतको म्युजिक भिडियोलाई चर्चित नृत्य निर्देशक कमल राईले निर्देशन गरेका हुन् । म्युजिक भिडियोमा अगाडी चर्चित हास्य अभिनेता विल्सन विक्रम राई र एलिशा राई फिचरिङ रहेका छन् । स्टोरि बेसमा तयार भएको म्युजिक भिडियोमा गीत सुरु हुनुभन्दा अभिनेता विल्सन र अभिनेत्री अरुणा कार्कीको अभिनय रहेको छ । ज्ञानेन्द्र शर्माको सिनेमाटोग्राफीमा तयार भएको भिडियोमा निर्देशक कमल राईकै कोरियोग्राफीपनि रहेको छ ।
१ वर्ष अगाडी ‘दर्शन नमस्ते–३’ एल्बम राजेशपायलका बाबु रत्न र आमा साँचीलक्षमी राईले संयुक्त रुपमा लोकार्पण गरेका थिए । यो एल्बममा ९ वटा गीत समावेश गरिएको छ । ‘दर्शन नमस्ते, कुल्ची हिड, लभ यू, छेनौ त, आयौ समिपै, कोही बिना, लाटो रिस, कान्छाले, बाबै आराखा’ बोलका गीत एल्बममा समावेश गरिएको छ । महेश खड्का, हरि लम्साल, सन्तोष राज, विनोद खम्बु, राई नविन, इन्दिरा जोशीको यो एल्बममा संगीत छ । यस्तै, महेश खड्का, रत्नशमशेर थापा, डाक्टर नवराज लम्साल, दिनेश अधिकारी, राम रेप्चुङ राई, नरेश भट्टराई, केदार सुनुवारको यो एल्बमका गीतमा शब्द समावेश गरिएको छ ।

Rajesh Payal Rai Darshan Namaste 3 || Kina Yeti Dherai Maya | Feat. Wilson Bikram Rai & Alisha Rai

Song: Kina Yeti Dherai Maya Lagchha Ni Hau किन यति धेरै माया लाग्छ नि हो
Vocal : Rajesh Payal Rai
Lyrics : Mahesh Khadka
Music : Mahesh Khadka
Album : Darshan Namaste 3
Mixing : Kishor Thapa
Arranger : Maharaj Thapa
Recordist : Saajan Shah / Rajesh Shrestha
Recording Studio : A One Musician
Camera: Gyanendra Sharma
Director : Kamal Rai
Choreographer : Kamal Rai
Editor : Bharat Regmi
Models : Wilson Bikram Rai ” Takme Budha” , Aruna Karki & Alisha Rai

प्रतिक्रिया