Bisal Chautari Logo

दर्शक बन्न गएका लालबाबु पण्डित मन्त्रीको सपथ लिएर फर्के

- ४ फाल्गुन २०७४, शुक्रबार १०:०४ मा प्रकाशित


Lalbabu Pandit returned with the help of Minister of Ram
विशाल चौतारी समाचार ।
काठमाडौँ , २०७४ फाल्गुन ४ शुक्रबार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बिहीबार नेपालको ४१ औँ प्रधानमन्त्री बनेका छन् । ओली प्रधानमन्त्री बन्नेसँगै दुई मन्त्री पनि नियुक्ति गरेका छन् ।
ओलीले लालबाबु पण्डितलाई जनसंख्या तथा वातावरण मन्त्री र थममाया थापा मगर बालबालिका मन्त्री नियुक्ति गरि ओलीसँगै गोपनियताको सपथ लिए । तर मन्त्री बन्नुको केही अघिसम्म पण्डितलाई स्वयम्लाई आफू मन्त्री बन्ने कुरा थाहा थिएन ।
पण्डीत पूर्वमन्त्रीको हैसियतमा दर्शकका रुपमा सपथग्रहण समारोहमा गएका थिए । उनी त्यतिबेला आश्चार्यमा परे जतिबेला उनलाई मन्त्रीको सपथका लागि तयार रहन प्रधानमन्त्री ओलीले खबर गरे ।
मन्त्री कसलाई बनाउने भन्ने विषय एमाले–माओवादीले टुङ्ग्याएका थिएनन् । बिहीबार माओवादीले आफ्नो तर्फबाट कसैलाई पनि मन्त्रीमा सिफारिस गरेको छैन । एमालेबाट पनि कसलाई मन्त्री बनाउने भन्ने नेताहरुबी सहमति बनिसकेको थिएन । बिहीबार दिउँसोसम्म एमालेबाट महासचिव इश्वर पोखरेल र सचिव प्रदीप ज्ञवाली मन्त्री बन्ने चर्चा थियो ।
‘चुनाव जितेपछि मन्त्रीको आश त जसलाई पनि भैहाल्छ’ मन्त्री पण्डितले भने, ‘तर, आज मन्त्री हुन्छु भन्ने लागेको थिएन । केही कुरा पनि भएको थिएन । तर, अपर्झट मन्त्री बन्ने प्रस्ताव आयो । खासमा एमाले वरिष्ठ नेता माधवकुमार नेपालले पण्डितलाई आज जसरी पनि मन्त्री बनाउन भन्दै एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीलाई फोन गरेका थिए । नेपालको फोनपछि दर्शक बन्न शितलनिवास पुगेका पण्डितले मन्त्रीको ‘चिठ्ठा’ पाए ।

प्रतिक्रिया