Bisal Chautari Logo

प्रिमियरमा रुचाइयो ‘रातो घर’ || सेलिव्रेटिको भिड (फोटो फिचर सहित)

- १८ जेष्ठ २०७४, बिहीबार ११:४३ मा प्रकाशित


rato ghar movie premiere
विशाल चौतारी समाचार
काठमाडौ, २०७४ जेठ १८ बिहिबार । लामो सयमदखी दर्शकको पर्खाइमा रहेको चलचित्र ‘रातो घर’को रिलिज पूर्वसन्ध्यामा रेड कार्पेट प्रिमियरमा चलचित्रलाई रुचाइएको छ । सुरज सुब्बा नाल्बोद्धरा निर्देशित चलचित्र ‘रातो घर’को प्रिमियरमा सिनेमा युनिट, पत्रकार र धेरै सेलिव्रेटिहरुको उपस्थित बाक्लो थियो । प्रिमियरमा विल्सनविक्रम राई, गौरव पहारी, संयम पुरी, करिष्मा मानन्धर, माला सुब्बा, माल्भिका सुब्बा, पूजा शर्मा, नाजिर हुसेन लगायतका कलाकारहरु आकर्षणमा रहे ।
rato ghar movie premiereयही चलचित्रबाट हास्य अभिनेता विल्सनविक्रम राईले निर्माताको रुपमा डेब्यु गरेका हुन् । निकेश लिम्बुको निर्माण रहेको सिनेमाले बेलायत र अमेरिकामा सफलताको स्वाद चाखिसकेको छ ।
प्रिमियरपछि उपस्थित सेलिव्रेटिहरुले चलचित्र धेरै राम्रो बनेको प्रतिकृया दिए । धेरैले निर्देशक नाल्बोको कामको तारिफ गरे । पूर्वी नेपालको झापाको ग्याङस्टर कथा भन्ने सिनेमामा विल्सनसहित संयम पुरी, गौरव पहारी, मेनुका प्रधान, अनुराग कुावर, भानुप्रतापको मुख्य अभिनय छ ।

rato ghar movie premiere (4)

rato ghar movie premiere (6)

rato ghar movie premiere (7)

rato ghar movie premiere (2)

rato ghar movie premiere (1)

rato ghar movie premiere (5)

rato ghar movie premiere (3)

प्रतिक्रिया