Bisal Chautari Logo

साम्राज्ञीसंगै रातो टिका निधारमा टिमलाई लिएर अंकित आफ्नो स्कुल पुगे

- ६ आश्विन २०७६, सोमबार १४:१२ मा प्रकाशित


rato tika nidharma movie
विशाल चौतारी समाचार
काठमाडौ, २०७६ असोज ६ सोमबार ।
‘रातो टिका निधारमा’बाट नेपाली सिनेमा अभिनयमा डेब्यु गरेका नव-अभिनेता अंकित शर्माले आफु पढेको विद्यालय भ्रमण गरेका छन् । काभ्रेको पनौतीस्थित मल्पी इन्टरनेशनल स्कुलमा सोमबार सिनेमा युनिटसँग पुगेका अंकितले विद्यार्थीसँग अन्तरक्रिया गरे ।

‘रातो टिका निधारमा’ असोज १० गतेदेखि अलनेपाल रिलिज हुँदैछ । मल्पी स्कुलका प्रिन्सिपल र विद्यार्थीले आयोजना गरेको शुभकामना आदान-प्रदान कार्यक्रममा अंकितले आफ्ना अनुभव सुनाएका थिए । १० कक्षासम्मको अध्ययन शिलशिलामा आफुले भोगेका र जानेका कुरा उनले विद्यार्थी सामु पेस गरे ।

‘हामीले बाबु-आमाको करकापमा यस्तो बन्ने, उस्तो बन्ने भनेर पढ्नु भन्दा पनि आफुलाई जुन विषय र क्षेत्रमा इच्छ्या जाग्छ, त्यतैतिर ध्यान लगाएर पढ्नु पर्छ । तब मात्र हामि पढाईमा सफलता हाँसिल गर्न सक्छौँ ।’ अंकितले भने , यस्तै अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले होस्टेलमा विताएका बाल्यकाल सम्झेर केहि भावुक भइन । ‘होस्टेल जीवनमा सबैभन्दा बढी फ्यामिली मिस गर्थ्ये । बाल्यकाल उहाँहरुसँगै वितोस भन्ने चाहना हुन्थ्यो । तर, पनि होस्टेलका साथीहरुलाई हेरेर चित्त बुझाउथे । उहाँहरुले साथले कहिले-काहिँ परिवार नै बिर्साइदिन्थ्यो ।’ उनले भावुक स्वरमा बाल्यकालको होस्टेल जीवन स्मरण गरिन् ।
अभिनेताद्वय बुद्दि तमाङ र रविन्द्र झाले दशैँको अवसरमा स-परिवार मिलेर ‘रातो टिका निधारमा’ हेरिदिन आग्रह गरे । निर्देशक अशोक शर्माले यसपटक सम्पूर्ण नेपालीको मन छुने कथा पस्केको र सबै नेपालीले हलसम्म पुगेर मनोरंजन लिने कुरामा आशा व्यक्त गरे ।
रिलिजको लागि केहि दिन मात्र बाँकी रहँदा ‘रातो टिका निधारमा’ टिमले मल्पी स्कुलबाटै कलेज/स्कुल यात्रा सुरु गरेको छ । मल्पी स्कुलका सदस्यले ‘रातो टिका निधारमा’ टिमलाई सफलता र दशैँ-तिहारको पनि शुभकामना दिएका थिए ।
अशोक शर्माले निर्देशन गरेको सिनेमामा साम्राज्ञी र अंकितका अलावा रविन्द्र झा, नीता ढुंगाना, खुस्बु खड्का, बुद्दि तामाङ, बसुन्धरा भुषाल, शिवहरि पौडेल, जयनन्द लामा, लक्ष्मी गिरी, अरुणा कार्की, राजराम पौडेल, कमला रेग्मीलगायतका कलाकारले पनि अभिनय गरेका छन् ।
ए.ए ग्रुप अफ कम्पनीजबाट निर्माण भएको सिनेमामा किरण शर्मा र कृति शर्माले लगानी गरेका छन् । सिनेमामा शम्भुजित बाँस्कोटा र कल्याण सिंहको संगीत, बसन्त श्रेष्ठको कोरियोग्राफी, पुरुषोत्तम प्रधानको छायाँकन, मित्र देव गुरुङको सम्पादन, राजेश शाहको भिएफएक्स छ ।

प्रतिक्रिया