‘रातो टिका निधारमा’को शीर्ष गीत सार्वजनिक (भिडियो सहित)

rato tika nidharma title song
विशाल चौतारी समाचार
काठमाडौ, २०७६ भाद्र २७ शुक्रवार।
अशोक शर्मा निर्देशित चलचित्र ‘रातो टिका निधारमा’को शीर्ष गीत शुक्रवार रिलिज गरिएको छ ।

असोज १० मा दशैको अवसर पारेर प्रदर्शनमा आउने चलचित्रको राजेश हमाल र करिश्मा मानन्धर स्टारर सिनेमा ‘अल्लारे’मा समावेश गीत ‘रातो टिका निधारमा टलक्क टल्कियो’लाई रि(एरेन्ज गरिएको गीत इन्टरनेटमा सार्वजनिक गरिएको हो । शम्भुजित बास्कोटाको सङ्गीत रहेको गीतलाई प्रमोद खरेल र मेलिना राईले स्वर दिएका छन।गीतमा साम्राज्ञी राज्यलक्ष्मी शाह र अंकित शर्माले कम्मर मर्काएका छन् । भिडियो हेर्नुस् :

रविन्द्र झा, निता ढुङ्गाना, खुस्बु खड्का, बुद्धि तामाङ, वसुन्धरा भुसाल, शिवहरि पौडेल, जयनन्द लामा, लक्ष्मी गिरी, अरुणा कार्की, राजराम पौडेल, कमला रेग्मीलगायतका कलाकारलाई समेटिएको गीतमा वसन्त श्रेष्ठको कोरियोग्राफी छ ।
ए.ए ग्रुप अफ कम्पनीजबाट निर्माण भएको चलचित्रमा किरण शर्मा र कृति शर्माले लगानी गरेका छन् । चलचित्रमा शम्भुजित बास्कोटा र कल्याण सिंहको सङ्गीत, वसन्त श्रेष्ठको कोरियोग्राफी, पुरुषोत्तम प्रधानको छायाङ्कन, मित्र देव गुरुङको सम्पादन, राजेश शाहको भिएफएक्स छ । गीतमा साम्राज्ञी र अंकितको जोडी निकै सुहाएको छ भने गीतले चलचित्रप्रति अझ कौतूहल थपिदिएको छ ।