Bisal Chautari Logo

‘रियल म्याड्रिड छाडेर म्यानचेस्टर युनाइटेडमै फर्कन्छु’ -रोनाल्डो

- ३ माघ २०७४, बुधबार ११:४९ मा प्रकाशित


‘Real Madrid will go back to Manchester United’ – Ronaldo
एजेन्सी
काठमाडौँ , २०७४ माघ ०३ बुधबार । पोर्चुगलका स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डो रियल म्याड्रिड छाडेर म्यानचेस्टर युनाइटेड फर्किने इच्छाजाहेर गरेका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार रोनाल्डो यसै वर्षको समर ट्रान्सफर विन्डोका क्रममा आफ्‍नो पुराने क्लबमा फर्किन चाहन्छन् ।

फाइल फोटो

पाँच पटक बालोन डी ओरको उपाधि चुमिसकेका रोनाल्डो वर्तमान क्लब म्याड्रिडसँग नयाँ सम्झौताका क्रममा गरिएका बाचाहरु क्लबबाट पुरा नगरिएको असन्तुष्ट छन् । यस कारण उनी यसै सिजनको अन्त्यसम्ममा क्लबबाट बाहिरिने बिचार गरिरहेका छन् ।
रोनाल्डोले रियालमा आवद्ध हुनुअघिका ६ वर्ष म्यानचेस्टर युनाइटेडमै बिताएका थिए । गत सिजन रियल मड्रिडलाई ला लिगा र च्याम्पिन्स लिगको उपाधि पनि जिताएका रोनाल्डोले यो सिजन गतिलो प्रदर्शन गर्न सकिरहेका छैनन् ।

प्रतिक्रिया