Bisal Chautari Logo

रियल मड्रिडले जित्यो यूईएफ सुपर कप

- २५ श्रावण २०७४, बुधबार ०८:२३ मा प्रकाशित


Real Madrid won the UEF Super Cup
विशाल चौतारी समाचार
काठमाडौा, २०७४ श्रावण २५ बुधबार । युरोपियन च्याम्पियन रियल मड्रिडले यूईएफ सुपर कप फुटबलको उपाधि जितेको छ ।
real won

मंगलबार राति भएको खेलमा म्यानचेष्टर युनाइटेडलाई २–१ गोल अन्तरले पराजित गर्दै रियलले उपाधि जितेको हो ।
खेलमा रियल मड्रिडले २४ औं मिनेटमा कासिमेरोको गोलबाट अग्रता लिएको थियो । ५२ औं मिनेटमा इस्कोले गोल गर्दै रियलको अग्रता दोब्बर पारे ।
खेलको ६२ औं मिनेटमा लुकाकुले गोल गरे तर, म्यानचेष्टर युनाइटेडको हार टार्न सकेनन् ।
यससागै रियल मड्रिड १९९० पछि पहिलो पटक सुपर कपको उपाधि रक्षा गर्ने पहिलो टिम बनेको छ ।

प्रतिक्रिया