Bisal Chautari Logo

मेस्सीको प्रतिमामा फेरि तोडफोड, दुवै खुट्टा फुटाइए

- १९ मंसिर २०७४, मंगलवार ०६:०८ मा प्रकाशित


Reboot the Messi image again
एजेन्सी
अर्जेन्टिना,२०७४ मंसिर १९ मंगलवार । अर्जेन्टाइन कप्तान लियोनल मेस्सीको प्रतीमा तोडफोड गरेको छ । राजधानी ब्युनर्स आयर्सको पासेओ डे लास ग्लोरियसमा अवस्थित मेस्सीको पूर्णकदको प्रतीमाको दुवै खुट्टा फुटाइएको छ ।
मेस्सीको प्रतीमामा क्षति र्पुयाइएको यो दोस्रो पटक हो । २८ जुन २०१६ मा अनावरण गरिएको प्रतीमामा पहिलो पटक जनवरी २०१७ मा हमला गरिएको थियो । गएको वर्षको जुनमा अनावरण गरिएको मेस्सीको प्रतिमा योसहित दुईपटक तोडफोड भएको छ । मेस्सीको प्रतिमा अराजक समूहले गोली गाँठो भन्दा केही माथिबाट फुटाएर लडाएका छन् । मेस्सीको प्रतिमाको मूख्य भाग भुइँमा लडेको छ ।
तोडफोडको कारण थाहा नभएको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । मेस्सीले गएको अक्टोबरमा भएको विश्वकप छनौटको अन्तिम खेलमा इक्वेडर विरुद्ध ह्याट्रिक गर्दै अर्जेन्टिनालाई विश्वकप २०१८ मा र्पुयाएका थिए । एको जनवरीमा मेस्सीको प्रतिमा कम्मरबाट काटिएको थियो ।
सन् २००० मा अर्जेन्टिना छोडेका मेस्सीले क्लब फुटबलमा बार्सिलोनाबाट खेल्दै आएका छन् । उनले क्लबबाट राम्रो गरे पनि यसअघि राष्ट्रिय टिमबाट राम्रो प्रदर्शन नगरेको भन्दै आलोचना हुने गरेको थियो । क्लबबाट चारपटक युरोपियन कप, ८ पटक लिग उपाधि जितेका छन् भने पाँच पटक बोलोन डी’ओ र तीनपटक क्लब विश्वकप जितेका छन् । तर राष्ट्रिय टिमबाट उनले विश्वकपको उपाधि जित्न सकेका छैनन् ।
उनले राष्ट्रिय टिमबाट सन् २००८ को ओलम्पिकमा फुटबलमा गोल्डकप जित्नु नै अहिलेसम्मको ठूलो उपलब्धी हो । सन् २०१६ को जुनमा कोपा अमेरिका अन्तर्गत चिलीसँगको फाइनल खेलमा मेस्सीले पेनाल्टीमा गोल गर्न नसकेपछि अर्जेन्टिनी समर्थक रुष्ट भएका थिए । त्यसपछि सन्यासको घोषणा गरेको मेस्सीले पछि सन्यास फिर्ता लिएका थिए

प्रतिक्रिया