Bisal Chautari Logo

तरकारीवाला बालकको खोजीमा लागे पुरै सरकार

- २८ मंसिर २०७४, बिहीबार ०७:५४ मा प्रकाशित


The entire government in search of a child
एजेन्सी
काठमाडौँ ,२०७४ मंसिर २८ विहिवार । फिलीपिन्स सरकार एउटा बालकको खोजिमा लागेको छ । उक्त बालकले फोटोमा तरकारी बेच्नको लागि कुरेर बसिरहेका छन् । फिलिपिन्सको भनिएको तरकारी बेचिरहेको बालक को हुन भन्ने अझै पत्ता लागेको छैन ।
फिलिपिन्स सरकारले यी बालकको खोजी निकै मेहनतकासाथ गरिरहेको छ । सामाजिक सञ्जालमा पछिलो समया यी बालकको चर्चा धेरै बढेको छ । फिलिपिन्सकी हिरोइन शेरोन कुटेनाले आफ्नो इन्स्टाग्रममा शेयर गरेकी थिइन । त्यस लगातै सामाजिक सञ्जालमा भाइरल बनेको हो ।
शेरोन कुटेनाले फोटो शेयर गर्दै लेखेकी थिइन् ‘म यी बालकको सबै तरकारी किनेर यीनलाई स्कुल पठाउन चाहन्छु । कसैले मलाई यी बालकको ठेगना बताई दिन सक्नुहुन्छ?’ उनले फोटो शेयर गरेसँगै अहिले फिलिपिन्स सरकारले पनि खोजि कार्य तिव्र बढाएको हो । सरकारले यी बालकलाई भेटेर सहयोग गर्नका लागि खोजेको जनाएको छ । नेपालकी तरकारीवाली भाइरल भए जस्तौ यी बालकको फोटो पनि भाइरल बनेको छ ।

प्रतिक्रिया