Bisal Chautari Logo

चलचित्र ‘लप्पन छप्पन २’ को फस्टलुक सार्वजनिक

- २ आश्विन २०७६, बिहीबार ११:०० मा प्रकाशित


lappan chhappan2 movie
विशाल चौतारी समाचार
काठमाडौ,२०७६ असोज २ बुधवार।
मुकुन्द भट्टको निर्देशनमा निर्माण भैरहेको मल्टीस्टारर चलचित्रमा ‘लप्पन छप्पन २’ को फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ ।

सार्वजनिक चलचित्रको पोस्टरमा मुख्य कलाकार सौगात मल्ल र अर्पण थापा मात्र अटाएका छन्। पोस्टरमा सौगात र अर्पणलाई निकै फरक लुक्समा देख्न सकिन्छ । अभिनेता अर्पणको हेयर स्टाइलले दर्शकको ध्यान खिच्ने देखिन्छ । यस चलचित्रमा अघिल्लो पार्टमा पनि प्रमुख भूमिकामा रहेका सौगात र अर्पण नेगेटिभ रोलमा छन्, भने उनीहरूलाई मात्र पोस्टरमा स्थान दिइँदा चलचित्रप्रति अझ कौतुहलता बढेको छ । चलचित्रको यति बेला छायाङ्कनको काम भइरहेको छ भने आगामी हप्ता अस्ट्रेलियाको विभिन्न ठाउँमा छायाङ्कन हुने निर्माण पक्षले जनाएको छ । अघिल्लो पार्टमा पनि निर्देशकको भूमिका निभाएका मुकुन्द भट्टले नै चलचित्रलाई एक्सन कट गर्दै छन् । चलचित्रमा सौगात र अर्पणका अलवा दयाहाङ राई, अनुप विक्रम शाही, नम्रता श्रेष्ठ, केरोलिन कोलिन्डा, सुरविना कार्की, सृजना सिना, देव कुमारलगायतका कलाकारहरुको पनि अभिनय छ । पुरुषोत्तम प्रधान छायाँकन रहेको सिनेमालार्ई चिजकुमार श्रेष्ठ र प्रजापति सिवाकोटीले मिलेर निर्माण गरेका हुन् ।

प्रतिक्रिया