Bisal Chautari Logo

दर्शकहरुलाई हाउ फन्नी हेर्न रेखा, ऋचा र इन्दिराको आग्रह

- ११ बैशाख २०७३, शनिबार ०४:१७ मा प्रकाशित


rekha thapa Richa and indira Asked the audience to see how funny
विशाल चौतारी समाचार
काठमाडौ, २०७३ बैशाख ११ शनिबार । बैशाख १० बाट रिलिज भएको फिल्म हाउ फन्नी लाई हेरिदिन कलाकर्मीहरुले पनि आग्रह गरेका छन् । अभिनेत्रीहरु रेखा थापा , ऋचा शर्मा र गायिका इन्दिरा जोशीले भिडियो मार्फत फिल्म हेर्नलाई आग्रह गरेका हुन् ।
rekha thapa Richa and indira Asked the audience to see how funnyसिचुवेस्नल कमेडी हाउ फन्नीलाई हेर्न गरेको आग्रहको भिडियोलाई फिल्म युनिटले इन्स्टाग्राममा अपलोड गरेको छ । सन् २००२ कि मिस नेपाल माल्भिका सुब्बा कार्यकारी निर्मात्री रहेको यस फिल्मलाई निलु डोमा शेर्पाले निर्देशन गरेकी हुन् ।
निलुको डेब्यु निर्देशन रहेको फिल्म ‘हाउ फन्नी’ मा दयाहाङ राई , प्रियंका कार्की , केकी अधिकारी , निशा अधिकारी , अनुप विक्रम शाही , विजय बराल , शिशिर राणा लगायातको अभिनय रहेको छ । मल्टिप्लेक्समा चलचित्र हाउ फन्नीले राम्रो ब्यापार गरिरहेको छ ।

भिडियो हेर्न क्लिक गर्नुहोला

Indira Joshi

प्रतिक्रिया