Bisal Chautari Logo

एकदिवसीय सिरिजका लागि रोहित शर्मा नयाँ कप्तान, विराट कोहलीलाई आराम

- १२ मंसिर २०७४, मंगलवार ११:५७ मा प्रकाशित


Rohit Sharma’s new captain for one-day serial
एजेन्सी
काठमाडौँ ,२०७४ मंसिर १२ मंगलवार । भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बिसिसिआई) ले २४ मंसिरदेखि सुरु हुने श्रीलंका विरुद्धको एकदिवसीय सिरिजमा नियमित कप्तान विराट कोहलीको ठाउँमा रोहित शर्मालाई जिम्मेवारी दिएको छ।
यसअघि नै कोहलीले बिसिसिआईसँग आराममा दिन आग्रह गरेका थिए। श्रीलंका विरुद्धको एकदिवसीय सिरिजमा रोहित शर्मासँगै शिखर धवन, अजिन्का राहाणे, श्रेयस इयर, मनिष पाण्डे, केदार जादव, दिनेश कार्तिक, महेन्द्रसिंह धोनी, हार्दिक पान्ड्या, अक्षर पटेल, कुलदिप यादव, युजभेन्द्र चाहल, जसप्रित बुमराह, भुवनेश्वर कुमार र सिद्धान्त कउल छन्।
एकदिवसीय सिरिजपछि हुने टी–२० सिरिजका लागि आगामी साता टिम घोषणा गरिनेछ। भारतले श्रीलंकासँगको सिरिज पछि दक्षिण अफ्रिका भ्रमण गर्नेछ।
श्रीलंकाविरूद्ध तेस्रो टेस्टका लागि समेत बिसिसिआईले टोली घोषणा गरेको छ। टिममा खास ठूलो परिवर्तन केही छैन। यो सिरिजको कप्तानी कोहलीले नै गर्ने भएका छन्।

प्रतिक्रिया