Bisal Chautari Logo

फेसबुकमार्फत यसरी ठगे ५२ लाख, होस पुर्‍याउनुहोस् नत्र ठगिनु होला

- २८ मंसिर २०७४, बिहीबार ०५:२५ मा प्रकाशित


facebook
विशाल चौतारी समाचार
काठमाडौँ ,२०७४ मंसिर २८ विहिवार । फेसबुकमार्फत रु ५२ लाख ठगी गर्ने एक जनालाइ महानगरीय अपराध महाशाखाले पक्राउ गरेको छ । सन्धुपाल्चोकका तुलबहादुर तामाङलाई आइतबार सिन्धुपाल्चोकबाट पक्राउ गरी काठमाडौँमा सार्वजनिक गरेको हो ।
                                                                                                                               फाइल फोटो

उनले पटक पटक गरी रु ५२ लाख ठगेको हो । महाशाखाबाट खटिएको टोलीले पक्राउ गरीे हो । तामाङले संखुवासभाकी मनकला गुरुङसँग फेसबुकमार्फत सम्पर्क बढाई विवाहसमेत गरेको भनी मनकलाको नातेदार राजेश गुरुङ र कैलाश गुरुङलाई युएस आर्मीमा जागिर लगाइदिन्छु भनी रु २१ लाख ठगी गरेका थिए ।
तामाङले यसअघि फेसबुकमार्फत साथी बनाई लेबनानमा रहेकी सिन्धुपाल्चोककी सिर्जना दोङसँग अमेरिका लैजाने भनी रु नौ लाख, सञ्जय दोङ, मिम लामा र कुशुम लामालाई क्यानडा लैजाने भनी रु २२ लाख ठगी गरेका थिए ।
तामाङले उक्त ठगी मुद्दामा विसं २०७३ साउन महिनामा पक्राउ गरी कारबाही भएकामा केही समय थुनामा बसी धरौटीमा छुटेपश्चात् पुनःठगी धन्दा शुरु गरेको अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया