Bisal Chautari Logo

गायक रोशन राईको ‘आज के भो मलाई’ म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)

- २३ चैत्र २०७४, शुक्रबार ०८:५५ मा प्रकाशित


Roshan Rai song Aaja ke bho malai
विशाल चौतारी समाचार
काठमाडौं, २०७४ चैत २३, शुक्रबार । पछिल्लो समय सुगम गायनमा चर्चित बन्दै गइरहेका गायक रोशन राईको स्वर, चर्चित गीतकार भुपाल चाम्लिङको शब्द तथा संगीतकार विक्रम राईको संगीतमा ‘आज के भो मलाई’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतको बारेमा बोल्दै गायक रोशनले गीत अनुुसार भिडियोपनि राम्रो बनेकाले दर्शकले रुचाउनेमा आसावादी रहेको बताए ।
यस गीतको म्युजिक भिडियोको निर्देशन तथा सिनेमाटोग्राफी रंग पत्रकार विशाल राईले गरेका छन् । सार्वजनिक म्युजिक भिडियोमा एक छुटेको जोडी भेट्दा पुराना दिनहरुलाई यादमा उतारिएको निर्देशक विशाल राईले बताए । उनले भने ‘गीत राम्रो छ, संगै भिडियोपनि राम्रो बनाउने प्रयास गरेको छु ।’

भिडियो हेर्नुहोस् :-

म्युजिक भिडियोमा पछिल्लो समय ब्यास्त बन्दै गइरहेकी मोडल रोहनी लामा र समिर राई फिचरिङ छन् । भिडियोमा मोडल रोहनी र समिरको रोमान्स सहितको क्यामेस्ट्री मिलेको छ । म्युजिक भिडियो गदावरी आसपासमा सुटिङ गरिएको हो ।
विशाल चौतारी मिडिया प्रा.लि.बाट सार्वजनिक भएको भिडियोको सम्पादन टेकेन्द्र शाहले गरेका छन् । मेकअप तायाहाङ्मा राईको रहेको छ, भने यस गीतलाई फनिन्द्र राईले एरेञ्ज गरेका हुन् ।

 

singer : Roshan Rai

model : Samir rai and Rohani Lama

model Rohani Lama

Aaja ke bho – Roshan Rai || New Nepali song 2018 | Ft. Rohani Lama & Samir rai

Aaja ke bho – Roshan Rai || New Nepali song 2018 | Ft. Rohani Lama & Samir rai || official music video 2018

Aaja ke bho
Vocal: Roshan Rai
Music: Bikram Rai
Lyrics: Bhupal Chamling
Arrange: Phanindra Rai
Editor/Colorist: tekendra shah
CAST : Samir rai/Rohani Lama
make-up : tayahangma rai
Cinematographer/Director: Bishal Rai
Video by : bishal chautari pvt. ltd

प्रतिक्रिया