Bisal Chautari Logo

रेखा र आर्यनको ‘रुद्रप्रिया’ ट्रेलर सार्वजनिक (ट्रेलर हेर्नुहोस्)

- २६ भाद्र २०७४, सोमबार १२:२८ मा प्रकाशित


RUDRAPRIYA movie TRAILER ft Rekha Thapa and Aryan Sigdel
विशाल चौतारी समाचार
काठमाडौ, २०७४ भाद्र २६ सोमबार । चर्चित अभिनेत्री रेखा थापा र चर्चित अभिनेता आर्यन सिग्देल स्टारर चलचित्र ‘रुद्रप्रिया’को ट्रेलर सार्वजनिक भएको छ । करिब साढे दुई मिनेट लामो प्रोमोमा एक्सन, लभ, रोमान्स र सेन्टिमेन्ट समावेश छ ।
८ वर्षपछि एकसाथ स्क्रिन सेयर गरेका रेखा र आर्यन रुद्रप्रियाको ट्रेलरमा प्रेम, रोमान्स, र द्वन्दलाई समेटिएको देख्न सकिन्छ । यसअघि चलचित्रको गीत ‘चिरबिर चिरबिर चाचरी’ बोलको गीतलाई दर्शकहरुले अत्याधिक रुचाएका थिए । ट्रेलर सार्वजनिक भएपछि रेखाले यो चलचित्र पनि पछिल्ला चलचित्र जस्तै नारी प्रधान रहेको बताइन् ।
रेखा फिल्मस्मा निर्माण भएको रुद्रप्रियालाई सुदिप बबी भूपाल सिंहले निर्देशन गरेका हुन । फिल्ममा रेखा र आर्यनसँगै टिका पहारी, राजन ईशान लगायत कलाकारहरु अभिनय रहेको छ । चलचित्रका कार्यकारी निर्माता रमेश एमके पौडेल हुन भने सञ्जय लामाले चलचित्रको छायाँकन गरेका छन् । फिल्ममा सुरेश अधिकारी र अर्जुन पोखरेले संगीत दिएका छन् ।

ट्रेलर हेर्नुस् :


NEW NEPALI MOVIE-2017/2074 | RUDRAPRIYA | TRAILER | Rekha Thapa/Aryan Sigdel/Rajan Ishan
Starting: Rekha Thapa,Aryan Sigdel,Rajan Ishan
Music: Suresh Adhikari,Arjun Pokhrel,Rajanraj Shiwakoti
Story/Screenplay: Sudeep Bobbie Bhupal Singh,Ruby Sen Singh
Produced By: Saraswati Thapa/Aryan Films
Ex. Producer: Ramesh MK Poudel
Directed By: Sudeep Bobbie Bhupal Singh

प्रतिक्रिया