Bisal Chautari Logo

गायक रुप कुमारको ‘रुप’ एल्बम सार्वजनिक (भिडियो सहित)

- १६ मंसिर २०७३, बिहीबार १४:२६ मा प्रकाशित


rup kumar rai album rup release
विशाल चौतारी समाचार
काठमाडौ, २०७३ मंसिर १६ बिहिबार । नेपाली साङ्गीतिक क्षेत्रमा १७ वर्षदखी निरन्तर लागिरहेका गायक हुन्, रुप कुमार राई । उनको नेपाली संगीतमा एउटा छुट्टै पहिचान रहेको छ । उनको नाम अगाडी सदाबहार गायक थप्दा अझ उक्त होला । उनै गायक रुप कुमार राईले छैटौँ एल्बम ‘रुप’ नेपाली दर्शक श्रोताहरु माझ लिएर आएका छन् ।
rup-kumar-rai-album-rup-releaseअनौपचारिक रुपमा केही दिन अगाडी काठमाडौमा सार्वजनिक गरिएको एल्बम ‘रुप’को ‘चर्चा जता ततै’ बोलको गित चर्चित बन्दै गईरहेको छ । गायक रुप कुमारले गाइरहने गीतहरु भन्दा केही फरक गायनमा सार्वजनिक भएको गीतलाई युट्युवमा ७८ हजारले हेरिसकेका छन् । चर्चित गीतकार डा.कृष्ण हरि बारालको शब्द रचना तथा शान्तिराम राईको संगीत रहेको गीतमा किरण कंडेलको एरेन्ज रहेको छ । निर्देशक अर्जुन अधिकारीले निर्देशन गरेको म्युजिक भिडियोमा चर्चित मोडेल केकी अधिकारी र जिबन भट्टराईको अभिनय देख्न सकिन्छ । हरि हुमागाईको छायांकन रहेको भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका छन् ।
गायक रुप कुमारपनि आफ्नो गीतलाई दर्शकहरुले रुचाइदिदा अझ हौसला मिलेको बताए । गायक रुप कुमारले भने ‘–चर्चा गीत जस्तै एल्बमका अन्य गीतहरुपनि फरक किसिमको भएकाले दर्शकहरुका लागी नयाँ स्वाद हुनेछ ।’
सार्वजनिक एल्बममा ४ वटा गीतहरु समावेश रहेको छ । चर्चा, सधै तिमी, नत लगेउ मलाई साथ र तिम्रो मनमा बोलको गीतहरु समावेश रहेको छ ।
गायक रुप कुमारको ‘सोप्निल छायाले , तिम्रो मन मा के छ , राम साईली , गुन्द्रु किनामा गीतहरु चर्चित रहेका छन् । गायक रुप कुमारले लोक गित विधा मार्फत २०६८ सालमा हिट्स अवार्ड पनि जितेका थिए ।

Charcha – Rup Kumar Rai Ft. Keki Adhikari and Jeevan | New Nepali Adhunik Song 2016

Vocal: Rup Kumar Rai
Lyrics: Dr. Krishna Hari Baral
Music: Shantiram Rai
Arranger: Kiran Kandel
Model: Keki Adhikari and Jeevan
Camera: Hari Humagain
Edit: Nishan Ghimire
Direction: Arjun Adhikari

प्रतिक्रिया