Bisal Chautari Logo

सागर आलेलाई शुभचिन्तकले दिए ६० लाख, लाखै सहयोग र मायासँगै सागरको काथमा थपिन्दै जिम्मेवारी

- ८ आश्विन २०७४, आईतवार ०६:११ मा प्रकाशित


Sagar Ale, Nepal idol top 4
विशाल चौतारी समाचार
काठमाडौँ, २०७४ असोज ८ आइतबार । एपीवान टेलिभिजनबाट प्रशारण भएको नेपालको सबैभन्दा ठुलो र सर्वाधिक रुचाइएको रियालिटी शो ‘नेपाल आइडल’ को उत्कृष्ट चारबाट बाहिरिएको सागर आलेलाई ६० लाखको चेक प्रदान गरेको छ । सागरलाई विश्बभरि रहेको शुभ चिन्तक र मगर समुदय तर्फबाट नेपाल इन्भेस्टमेन्ट बैंकको चेक मगर संघ शाखा कतारले हस्तातरण गरेको छ । यो भन्दा अगाडी पनि सागरलाई लाखै रुपैया सहयोग आइसकेका छन् ।
सबै प्रकारका गित गाउन सक्ने सागर आले नेपाल आइडलको उत्कृष्ट चारबाट बाहिरीए पनि सबै नेपालीको प्यारो बनेकाछन् ।
नेपाल आइडलबाट बाहिरीएपछि सागरलाई माया गर्ने र उनका फ्यानहरुले उनलाइ धेरै सहयोग गरेका छन् । सांगीतिक यात्रका लागि पैसाको कारणले उनलाई कुनै पनि बाधा नहुने र नेपाल आइडल नजिते पनि उनलाई नेपाल आइडल भन्दा कमि नहुने गरि सागरका फ्यान र शुभचिन्तकहरुले उनलाई सहयोग गरेका छन् । यो सहयोग र मायासँगै सागर आलेमा थप जिम्मेवारी पनि थपिन्दै गएकोछ । यति धेरै माया गर्ने शुभचिन्तकहरुका लागि सागरले अरुले भन्दा धेरै राम्रो राम्रो गित ल्याउनु पर्ने उनको काधमा आइलागेको छ ।
निकै राम्रा क्षमता तथा प्रतिभाका सागर आले नेपाल आइडल बन्न नसकेता पनि उनि नेपाल आइडल बाट बाहिरिने बित्तिकै उनका फ्यानहरु झन बढेर गएका छन् । सामान्य परिवारमा चितवनमा जन्मेका सागर सानै देखि गित संगीत क्षेत्रमा चासो दिने एक प्रख्खर व्यक्ति हुन् ।
उनलाई माया गर्ने समर्थकहरुले मोबाइल फुटाउने,रोई कराई गर्ने समेत गरे त्यसो यति मात्र होइन उनलाई माया गर्ने समर्थकले समेत आर्थिक सहयोग र कदर पत्र सहित सम्मान गरेकाछन्।
‘मेहनत, नयाँ शैलीको स्वर र श्रोता दर्शक एवं परिवारको माया, साथ र आशीर्वादले यहाँसम्म आउन सकेँ’, उनले भने। नेपाल आइडलमा यहाँसम्मको यात्राले आफ्नो सांगीतिक यात्रा अगाडि बढाउन सजिलो हुने उनले विश्वास लिएका छन्। नेपाल आइडलको अन्तिम चरणसम्म पुग्नेमा आशावादी बनेका आले कम भोटका आधारमा बाहिरिएको हुन् ।

प्रतिक्रिया