Bisal Chautari Logo

नखिपोटमा उधौली रौनक || किराँतहरुको महान पर्व आजबाट सुरु (फोटोफिचर सहित)

- १७ मंसिर २०७४, आईतवार १३:५० मा प्रकाशित


sakela udhauli 2017 – nakhipot
विशाल चौतारी समाचार
तस्बिरहरु : नबिन राई
काठमाडौा ,२०७४ मंसिर १७ आइतवार । किराँतहरुको महान पर्व उधौली भव्यताका साथ राजधानी लगायत देशका विभिन्न स्थानमा वसोवास गर्ने किराात समुदायले हर्षोल्लासका साथ मनाएका छन् । उधौलीको अवसरमा सरकारले आइतबार सार्वजनिक विदा समेत दिएको छ ।
ललितपुरको नखिपोटमा आयोजित कार्यक्रममा मौलिक भेषभूषामा सजिएका किराात युवा–युवतीहरु परम्परागत बाजा बजाउादै साकेला नाचेर पर्व मनाएको हो ।
हरेक वर्ष मंसीर पूर्णिमाका दिनबाट शुरु हुने उधौली पर्व चराचुरुङ्गी तथा जनावर लेकबाट वेसीतिर बसाइा सर्ने संकेत गर्न तथा अन्नबाली भित्राएको खुशियालीमा मनाउने गरिन्छ ।
प्रकृति पुजक किराात समुदायले नदी तथा खोलामा पाइने माछा ओरालो (उाधो) धेरै पानी भएको ठााउतिर बसाइा सरेको समयलाई उधौली भनेको पाइन्छ । उधौली साकेला पर्वलाई न्वागी पूजा, साकेवा, साखेवा, साकेनवा, सिमे, भूमे, फोडस्यान्डर, उधौली र भूमिपूजा आदि पनि भनिन्छ ।
चासोक तङनाम अर्था न्वागी पूजाको अवसरमा काठमाडौंमा बसोबास गर्दै आएका किराात समुदायले साकेला र धाननाचसहित भव्यताका साथ मनाएका छन् । हरेक वर्षको मंसिर पूणिर्माका दिन न्वागी खाने पर्वको रुपमा चासोक तङनाम मनाइन्छ ।
किराातहरुले बर्षमा दुई पटक मंसिरे पूर्णिमामा उधौली र बैशाखे पूर्णिमामा उभौली मनाउाछन् ।

 

प्रतिक्रिया