Bisal Chautari Logo

२ नम्बर प्रदेशमा बाहेक ६ वटै प्रदेशसभामा वाम गठबन्धनको बहुमत पुग्ने

- २८ मंसिर २०७४, बिहीबार ०७:१९ मा प्रकाशित


political news
विशाल चौतारी समाचार
काठमाडौँ ,२०७४ मंसिर २८ विहिवार । प्रतिनिधि सभा र प्रदेश सभा दुवैमा वाम गठबन्धनको सहज बहुमत पुग्ने भएको छ । सातवटा प्रदेशसभामध्ये २ नम्बर प्रदेशमा बाहेक अरु ६ वटै प्रदेशमा वाम गठबन्धनले नै सहजै बहुमतको सरकार बनाउने देखिन्छ।
                                                                                                                         फाइल फोटो

५ वटा प्रदेशसभामा त वाम गठबन्धन दुई तिहाईको नजिक पुग्ने देखिन्छ। तर प्रदेश २ मा भने दुई मुख्य तराईकेन्द्रित दलहरुको मत जोड्दा सामान्य बहुमत पुग्ने देखिएको छ।
प्रतिनिधिसभा तथा प्रदेशसभा दुवैका प्रत्यक्ष तर्फका सबै परिणाम आइसकेको छ भने समानुपातिकतर्फ धमाधम मतगणना भइरहेको छ। समानुपातिकतर्फ पनि प्रदेश २ बाहेक देशैभरि नेकपा एमाले पहिलो स्थानमा छ।
प्रदेश १, ३, ४, ५, ६ र ७ मा गठबन्धन दुई तिहाई बहुमतकै नजिक पुगेको छ । प्रदेश नम्बर १ र ३ मा एमाले एक्लैको बहुमत पुग्न सक्ने देखिन्छ ।
तराईका ८ जिल्ला रहेका प्रदेश नम्बर २ मा चाहिं गठबन्धन अगाडि छैन। त्यहाँ प्रत्यक्षतर्फ संघीय समाजबादी फोरम र राष्ट्रिय जनता पार्टी नेपाल पहिलो र दोस्रो स्थानमा छन् भने एमाले तेस्रो स्थानमा छ।
त्यहाँ जारी समानुपातिकतर्फको मतगणनाका अहिलेसम्म देखिएको प्रवृत्तिलाई केलाउँदा फोरम र राजपा मिलेमा सामान्य बहुमतको नजिक पुग्न सक्छन्।

प्रतिक्रिया