Bisal Chautari Logo

‘घामड शेरे’ को गीत सार्वजनिक || स्वस्तिमा र निश्चल साली-भेना (भिडियो सहित)

- १४ आश्विन २०७६, मंगलवार १४:३१ मा प्रकाशित


Sali Mann Paryo – “Ghamad Shere” Movie Song
विशाल चौतारी समाचार
काठमाडौ, २०७६ असोज १४ मंगलवार ।
‘रियल जोडी’ निश्चल बस्नेत र स्वस्तिमा खड्का स्टार चलचित्र ‘घामड शेरे’को पहिलो गीत सार्वजनिक भएको छ । हेमराज विसी निर्देशित चलचित्र ‘घामड शेरे’ डान्सिङ विटको ‘साली मनपर्‍यो’ बोलको रोमान्टिक गीतमा निश्चल र स्वस्तिमा फिचर्ड छन् । यो चलचित्रमा दुईको प्रमुख भूमिका छ । उनीलाई चलचित्रमा श्रीमान श्रीमतीको भूमिकामा देख्न पाइने बताइएको छ ।

दशैंको शुभकामना स्वरुप सार्वजनिक गरिएको गीतमा कालीप्रसाद बाँस्कोटाको शब्द तथा संगीत छ । उनलाई गायनमा भने अस्मिता अधिकारीले साथ दिएकी छन् । प्रदिप लामा (द नेक्स्ट) को कोरियोग्राफी रहेको गीतको अडियो र भिडियो दुबै सशक्त छ । गीतले चलचित्रको हाइप निर्माणमा महत्त्वपूर्ण भूमिका खेल्ने निर्माण टिमको विश्वास छ । कात्तिक ८ गतेबाट चलचित्र देशैभर प्रदर्शनमा आउँदैछ ।
पहिलो पटक निश्चल र स्वस्तिमाले जोडी भएर काम गरेका कारण यो फिल्मको दर्शकमा व्यग्र प्रतिक्षा छ । यसअघि दुई चलचित्र ‘दुई रुपैयाँ’ को ‘कुटुमा कुटु’ गीतमा ठुम्का लगाएका थिए । चलचित्र कमेडी विषयवस्तुमा निर्माण भएको बताइएको छ । गौरी मल्लको अतिथी भूमिका रहेको चलचित्रमा सुष्मा निरौला, बादल भट्ट, लोकेन्द्र लेखक, सरोज अर्याललगायतका कलाकारहरुको पनि अभिनय छ ।
नरेन्द्र विक्रम बुढा क्षेत्री कार्यकारी निर्माता रहेको चलचित्रलाई नरेन्द्र मैनालीले खिचेका हुन् । सुरेन्द्र पौडेलको सम्पादन र कालीप्रसाद बाँस्कोटाको संगीत छ । निर्देशक विसीले नै चलचित्रको कथा तथा पटकथा लेखेका हुन् । उनी निर्माता पनि हुन् । चलचित्रको अधिकांश छायांकन सुर्खेतमा भएको छ । स्टेशन फाइभ र डिसिएनले मिलेर यो चलचित्रको वितरण गर्दैछन् ।

प्रतिक्रिया