Bisal Chautari Logo

‘ए मेरो हजुर –२’ को ट्रेलर सार्वजनिक || सलिनको डाइलगमा ताली, साम्राज्ञीले मागिन् माफी (भिडियो सहित)

- ७ श्रावण २०७४, शनिबार ०९:३२ मा प्रकाशित


salin man baniya and Samragyee R L Shah A mero hajur 2 Official Trailer launch
विशाल चौतारी समाचार
काठमाडौ, २०७४ श्रावण ७ शनिबार । यही भदौ १६ गतेबाट अलनेपाल रिलिज हुन लागेको नव अभिनेता सलिनमान बाानिया र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह अभिनित चलचित्र ‘ए मेरो हजुर–२’ को ट्रेलर सार्वजनिक भएको छ । शुक्रवार राजधानीमा एक कार्यक्रमका बिच फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो ।
salin man baniya and Samragyee R L Shah A mero hajur 2 Official Trailer launchसार्वजनिक ट्रेलरले विशेषत साम्राज्ञी र सलिनमान बिचको प्रेम र विछोडको कथा बोल्छ । ‘कसम हो’ र ‘किनीदेउ न साइला दाई’ बोलको गीतबाट नै प्रतिक्षित बनेको फिल्मको ट्रेलरमा मेकिङ उच्च देखिन्छ । यस्तै, लोकेशन पनि लोभलाग्दो छ । ट्रेलरमा प्रेमजोडी बनेका सलिन र साम्राज्ञीको केमेष्ट्री पनि गज्जबको देखिन्छ ।
salin man baniya and Samragyee R L Shah A mero hajur 2 Official Trailer launch-1ट्रेलर रिलिज कार्यक्रममा बोल्दै नायिका तथा निर्देशक झरना थापाले ‘ए मेरो हजुर-२’ निकै मिहिनेत गरेर निर्माण गरेको बताइन् । फिल्म छायांकनको दिन सम्झदै उनले भनिन्, ’तिलिचो तालमा छायांकन गर्दाको दिन निकै दर्दनाक थिएा । त्यो दिन सम्झदा अझै पनि मुटु काप्छ । माइनस १० डिग्री सेल्सियस चिसोमा फिल्मको छायांकन गरेका थियौं । कसैलाई केही त हुने होइन भन्ने डरले रातभरी निन्द्रा पर्दैन थियो । तर, प्राविधिक, कलाकार सम्पूर्णको साथले फिल्म ‘ए मेरो हजुर(२’ निर्माण हुन सफल भएको छ । हामीले गरेको मिहिनेतबाट के आश छ भने फिल्म राम्रो बनेको छ र दर्शकहरुले भरपूर मनोरञ्जन लिनुहुनेछ ।’

चलचित्रका अभिनेता सलिनमान बानिया र सलोन बस्नेतले ‘ए मेरो हजुर–२’ राम्रो चलचित्र बनेको बताए । कार्यक्रममा सलिनमानले बोलेको डाइलगमा सबैले ताली दिएका थिए । यस्तै, अभिनेत्री साम्राज्ञी भने ‘ए मेरो हजुर–२’ लाई दर्शकहरुले रुचाउनेमा विश्वस्त देखिन्थिइन् । अभिनेत्री साम्राज्ञीलाई कार्यक्रममा १ घण्टा भन्दा बढी पर्खिएपनि उपस्थित भएकी थिइन् । सोही कारण उनले कार्यक्रममा चलचित्रको बारेमा बोल्नुभन्दा अगाडी पत्रकारहरुसंग माफी मागेकी थिइन् । अभिनेत्री साम्राज्ञी लगातार १७ घण्टा सुटिङ र अन्य कारणले गर्दा कार्यक्रममा ढिला आएको प्रश्ट्याइन् ।
salin man baniya and Samragyee R L Shah A mero hajur 2 Official Trailer launch-2नायिका झरना थापाको निर्देशन रहेको यस फिल्ममा साम्राज्ञीराज्य लक्ष्मी शाह, सलिनमान बानिया, सलोन बस्नेत, अम्बर सुवेदी, अनुभव रेग्मी, बुद्धि तामाङ, वील्सन बिक्रम राई लगायतका कलाकारले अभिनय गरेका छन् ।
सुहाना इन्टरटेनमेन्टको ब्यानरमा सुनीलकुमार थापाले निर्माण गरेको फिल्मको कथा हरिहर अधिकारीले लेखेका हुन् भने फिल्मको पटकथा सामीप्यराज तिमल्सेना लेखेका हुन्। फिल्मलाई सन्जय लामाले खिचिरहेका छन्।
बसन्त सापकोटाको संगीत रहेको फिल्ममा बसन्त अधिकारी सहायक निर्देशकको रुपमा रहेका छन् । यो फिल्म ‘ए मेरो हजुर’ को सिक्वेल हो । स्व. शिब रेग्मीको निर्देशन रहेको ‘ए मेरो हजुर’मा झरना थापा र स्व.नायक श्रीकृष्ण श्रेष्ठले मुख्य भुमिका थियो ।

New Nepali Movie -2017/2074| Official Trailer|A Mero Hajur2| Ft.Samragyee R L Shah, Salin Man Baniya

Suhana Entertainment Presents
A Sunil Kumar Thapa Production
A film by Jharana Thapa
Cast : Samragyee R L Shah | Salon Bashnet | Amber Subedi | Suman Poudel | Ajashra Dhungana | Anubhav Regmi | Buddhi Tamang | Anurag Kuwar | Wilson Bikram Rai | Asin Crystal RI Rana
Introducing Salin Man Baniya
Line Producer: Bindu Thapa (Pokhara) Oliz Store (Kathmandu) Binod Gurung (Manang)
Story : Astrologer Harihar Adhikari
Screenplay / Dialogue : Samipya Timalsina / Astrologer Harihar Adhikari
Dialogue :Baburam Dahal
Cinematographer : Sanjay Lama
Editor : Banish Shah / Milan Shrestha
Music : Basanta Sapkota / Kalyan Singh
Action : Roshan Shrestha
Choreographer : Kabiraj Gahatraj / Renesha Bantawa Rai
Production Designer : Subash Kafle
Chief AD : Basanta Adhikari
Theatrical Trailer : Shahil Khan
Background Score : Sailesh Shrestha
Sound Design & Film Mixing : Uttam Neupane
Color Grading : Rajendra Moktan
Costume Designer : Yubi Thapa / Riti lama / Rojina shrestha
Dubbing : Manoj Rajbhandari
Motion Graphics/Poster Design : Vijay Bashyal
Post Production : Studio Magix
Vfx : Satyam Rana
Distributor : Gobinda Shahi (Valley) Kedar Prasad Parajuli (Out of Valley)

प्रतिक्रिया