Bisal Chautari Logo

मेरो करियरमा ब्रेक लाग्नुमा सलमानको ठूलो भूमिका रहेको छ: विवेक ओबराए

- २८ चैत्र २०७५, बिहीबार ०७:१७ मा प्रकाशित


SALMAN KHAN AND VIVEK OBEROI

विशाल चौतारी समाचार
काठमाडौं, २०७५ चैत २८, बिहिवार ।
बलिउड स्टार सलमान खान र अभिनेता विवेक ओबराएमा निकै ठूलो दुश्मनी रहेको छ । सलमानको पुर्व प्रेमीका समेत रहेकी विश्व सुन्दरी ऐश्वर्या राय बच्चनसँग विवेक सम्बन्धमा रहेको भन्दै सलमानले उनलाई मार्ने धम्की समेत दिएको एक पत्रकार सम्मेलनमा बताएका थिए ।

ब्रेकअप भएसकेकी प्रेमको विषयलाइ लिएर सलमानले बारम्बार दुख दिएको कारण विवेक सँग फिल्मका निर्माताहरुले समेत दुरी बढाएका थिए । यतिबेला भारतीय प्रधानमन्त्री नरेद्र मोदीको बायोपिकमा निर्माण हुन् लागेको फिल्मको प्रमोशनमा विवेक व्यस्त रहेका छन् । फिल्म प्रमोशनकै क्रममा उनले सन् २००४ देखि नै आफ्नो करियर प्रभावित भएको खुलाएका हुन् ।

विवेकले अहिलेसम्म ६ भाषाका फिल्ममा काम गरिसकेका छन् भने २० भन्दा बढी अवार्ड हात पारिसकेका छन् । आफ्नो कामलाई कम गरेर छोराछोरीको लागि धेरै समय दिएको कारण कम फिल्म गरेको उनले बताएका छन् । प्रेमीकाको विषयलाई लिएर सलमानले मार्ने धम्की दिएपछि आफु पनि सार्वजनिक रुपमै सलमानसँग दुश्मनी लिएको कुनै पछुतो नभएको उनको दाबी छ । उनी भन्छन् ‘मेरो करियरमा ब्रेक लाग्नुमा सलमानको ठूलो भूमिका रहेको छ ।’

प्रतिक्रिया