Bisal Chautari Logo

‘सोच’ को ट्रेलर सार्वजनीक

- २९ श्रावण २०७६, बुधबार १२:२२ मा प्रकाशित


Nepali Movie Soch Trailer Release
विशाल चौतारी समाचार
काठमाडौ, २०७६ श्रावन, २९ बुधबार।
एक्शन लभस्टोरी फिल्म ‘सोच’ को ट्रेलर बुधबार सार्वजनीक गरिएको छ । भदौ २० गते एकल प्रदर्शनमा आउने तयारीमा रहेको फिल्मको ट्रेलरमा प्रज्वल गिरी, नीता ढुंगाना र नवनायक पुजन सिंहबीचको प्रेम र द्धन्द्धको सेरोफेरो देखिन्छ ।

केही समयअघि टिजर र एउटा गीत सार्वजनीक गरिएको फिल्मलाई पुजन सिंह (प्रभाकर प्रकाश) ले निर्देशन गरेका हुन् । पुजनकै कथा रहेको फिल्मको निर्मातामा गंगा रजक र एसडी रहेका छन् । सोच फिल्मस् प्रोडक्शन एण्ड डिस्ट्रिब्युटर्सको ब्यानरमा निर्मित फिल्मलाई बिदुर पाण्डेले खिचेका हुन् । कृष्ण आचार्यको पटकथा,सम्वाद रहेको फिल्ममा एनबि महर्जनको द्धन्द्ध, रामजी लामीछाने र प्रभाकर प्रकाशको कोरियोग्राफी, डिजे एलएक्सको संगीत र प्रितम पाण्डेको सम्पादन छ । उत्तम केसी, बिशाल पहाडी,सोनीका,किरण थापा, रितेश श्रेष्ठलगायतका कलाकारको समेत अभिनय रहेको फिल्म भरपुर मनोरञ्जक बनेको निर्देशक पुजन बताउछन् । ‘सोच’ लाई आरआर फिल्मस्ले बितरण गर्दैछ ।

प्रतिक्रिया