Bisal Chautari Logo

शरद गौचन हत्याका मुख्य योजनाकार पुन गोवाबाट समातीयो

- ७ फाल्गुन २०७४, सोमबार १२:२० मा प्रकाशित


Samadhi, chief planner of sarad murder
विशाल चौतारी समाचार
काठमाडौं , २०७४ फाल्गुन ७ गते सोमबार । निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचन हत्याका मुख्य योजनाकार मनोज पुन गोवाबाट पक्राउ परेका छन् ।
हत्या, जवर्जस्ती असुली, धम्की दिने काममा संलग्न रहेर आतंक मच्चाउँदै आएको मनोज पुनलाई प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो सिआइबीले पक्राउ गरेको हो । पुनलाई हिजो पक्राउ गरिएको र नेपाल ल्याइदै गरेको बताइएको छ ।
नेपाल प्रहरीको टाउको दुखाइ भएको पुनलाई कुनै पनि हालतमा नियन्त्रणमा लिन प्रहरीले एक विशेष टोली नै खटाएको थियो । प्रहरीका एक सईको कमाण्डमा विशेष टोली पुनलाई नियन्त्रणमा लिन उसलाई भेटिने सम्भावित ठाउँहरुको पहिचान गर्दै करिव ३ महिनादेखि भारतमा रहेको थियो।
बुटवलमा यूवा संघका नेताहरुको हत्यामा संलग्न रहेको पुन समुहले काठमाडौं समिरमानसिंह बस्नेत समुहसँग मिलेर नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद गौचनको समेत हत्या गरेको जिम्मा लिएको थियो।
पुनकै समुहले करिव दुई महिना अगाडी काठ व्यवसायी तथा यूवा संघका नेता वसन्त पौडेल बल्लुलाई हत्या गरेको थियो भने यूवा संघकै दुर्गा तिवारीलाई ४ बर्ष अघी हत्या गरेको थियो।

प्रतिक्रिया