Bisal Chautari Logo

सांगीतिक कार्यक्रमका लागी सिड्नी पुगेका राई इज किङलाई भब्य स्वागत

- १ चैत्र २०७४, बिहीबार ०९:५७ मा प्रकाशित


rajesh payal rai sydney concert
– राजन घिमिरे
विशाल चौतारी समाचार
अष्ट्रेलिया सिड्नी, २०७४ चैत १, बिहिबार । नेपाली साङ्गीतिक क्षेत्रका मेघा स्टार अर्थात राई इज किङ गायक राजेश पायल राई विहिबार बिहान अष्ट्रेलिया आइपुगेका छन् । आगामी शनिबार सिड्नीमा हुने सांगीतिक कार्यक्रममा प्रस्तुति दिन राई सिड्नी आएका हुन् । सिड्नी एयरपोर्टमै गायक राजेश पायललाई भब्य स्वागत गरिएको छ ।
राजवंशी समाज अष्ट्रेलियाले आयोजना गर्न लागेको कार्यक्रममा लोकप्रिय गायक राजेश पायलले आफ्ना हिट नम्बरहरू पस्कने भएका छन् । कार्यक्रममा अष्ट्रेलियामा रहेका चर्चित आवाजहरू वादल प्रसाई, राज. के गोस्वामी र दिल तामाङका प्रस्तुतिहरू पनि समेटिने छन् । ‘सिड्नीमा रहनुभएका नेपाली दाजुभाइ दिदीवहिनीहरुलाई फेरि एकपटक नचाउने र झुमाउने अवसर पाएको छु । निकै खुशी लागेको छ’, राईले बताए । उनले एअरपोर्टमै भने( ‘शनिबार हुने कार्यक्रममा मलाई साथ दिन उहाँहरू आउनुहुने छ ।’
एन्जल होम लोन्सको टाइटल स्पन्सर रहेको यो कार्यक्रम मार्च १७ तारेखका दिन हर्स्भिलको अडिटोरियम हलमा हुने छ । ‘सबै बर्ग र उमेरका फ्यानहरूलाई आकर्षित गर्न सक्ने प्रिय कलाकारको कार्यक्रममा सहभागिता जनाउन पाउनु हाम्रो लागि पनि राम्रै कुरा हो’, एन्जल होम लोन्सका सन्चालक दिनेश पोखरेलको भनाई थियो । पोखरेल लगायत आयोजकहरू राजेशलाई स्वागत गर्न सिड्नी एअरपोर्ट पुगेका थिए । चलचित्र हुन् या आधुनिक, गायनमा पोख्त राजेश यतिबेलाका सबैभन्दा बढी मनपराइएका गायक हुन् ।


Bisalchautari Tv

प्रतिक्रिया