Bisal Chautari Logo

‘घामड शेरे’को ट्रेलर सार्वजनिक || निश्चल र स्वस्तिमा साली भेना बनेपछि

- २७ आश्विन २०७६, सोमबार १३:०९ मा प्रकाशित


nischal basnet and swastima khadka ghamad shere movies
विशाल चौतारी समाचार
काठमाडौ, २०७६ असोज २७ सोमवार ।
रियल जोडी निश्चल बस्नेत र स्वस्तिमा खड्का फिचर्ड गरिएको चलचित्र ‘घामड शेरे’ को ट्रेलर सार्वजनिक भएको छ । कार्तिक ८ गते प्रदर्शनमा आउन लागेको चलचित्रको सोमबार राजधानीमा एक कार्यक्रम गर्दै ट्रेलर सार्वजनिक गरिएको हो ।

हेमराज विसीद्धरा निर्देशित चलचित्रमा निश्चल किसानको भुमिकामा प्रस्तुत भएका छन् । उनको जीवनमा आउने उताब–चढाबलाई चलचित्रमा देखाएको छ । चलचित्रमा रियल जोडी निश्चल र स्वस्तिमा भएपनि उनीहरु चलचित्रमा साली भेनाको रुपमा प्रस्तुत भएका छन् । चलचित्रमा निश्चल र स्वस्तिमासँगै सुष्मा निरौला, गौरी मल्ल, बादल भट्ट, लोकेन्द्र लेखक, सरोज अर्याल लगायत कलाकारको अभिनय रहेको छ । चलचित्रको कथा निर्देशक विसीले नै तयार पारेका हुन् ।
निर्देशक विसी र सिमोश सुनावारको लगानी रहेको छ । नरेन्द्र मैनालीले खिचेको चलचित्रलाई सुरेन्द्र पौडेलले सम्पादन गरेका छन् ।

प्रतिक्रिया