Bisal Chautari Logo

संरक्षणमा सौगात र निखिलको तारिफ, तर प्रेस शोमामा किन आएनन् ? (भिडियो सहित)

- २८ श्रावण २०७४, शनिबार १३:११ मा प्रकाशित


samrakshan movie premiere Nikhil Upreti and Saugat Malla
विशाल चौतारी समाचार
चितवन, २०७४ श्रावण २८ शनिबार । प्रदर्शनको पहिलो दिन, हिजो शुक्रबार चलचित्र संरक्षणको प्रेस शो गरिएको थियो । कमलपोखरीस्थित कुमारी हलमा गरिएको प्रेस शोमा चलचित्रलाई सकारात्मक प्रतिक्रिया मिल्यो । सौगात मल्ल, निखिल उप्रेति, रमेश रञ्जन, प्रमोद अग्रहरी, कामेश्वरको कामलाई सबैले प्रशंसा गरे । मधेशमा बसेर राजनीति गर्ने राजनीतिक दलको सोच, अवस्था र प्रतिफललाई ‘संरक्षण’ले छर्लङ पारेको छ ।
samrakshan movie premiereचलचित्र ‘संरक्षण’ झण्डै ८० बढी हलहरुबाट प्रदर्शनमा आएको छ । यो मल्टी स्टारर फिल्मले सोलो (नेपाली) रिलिजको अवसर पाएको हो । निखिल उप्रेती, सौगात मल्ल, रमेश रञ्जन झा, मलिना जोशी, अशिष्मा नकर्मी, प्रमोद अग्रहरी, कामेश्वर चौरसिया, निर शाह, रमेश बुढाथोकी, श्वेता शाह लगायत कलाकारहरुको अभिनय रहेको संरक्षण सामाजिक तथा राजीनितक विषयमा आधारित छ । नरेन्द्र महर्जन र प्रदीप कुमार उदयको संयुक्त निर्माण रहेको चलचित्रलाई पुर्णेन्दु झाले निर्देशन गरेका हुन् । उनको यो डेव्यु निर्देशकिय चलचित्र हो । शुक्रबारको प्रेस शोमा निखिल, सौगात, मलिना र अशिष्मा भने सहभागी भएनन् ।
निर्देशक झा, निर्माताद्वाय उदय र महर्जन, सिनेम्याटोग्राफर पुरुषोत्तम प्रधान, कलाकारहरु राज कट्वाल, सुशान्त श्रेष्ठ लगायत कलाकारहरुले चलचित्रको पहिलो शोको प्रतिक्रिया बुझे ।

प्रतिक्रिया