Bisal Chautari Logo

फेसबुकले ल्याउादैछ भिडियो च्यानल

- २८ श्रावण २०७४, शनिबार ११:५५ मा प्रकाशित


Facebook is taking video channel
विशाल चौतारी समाचार
काठमाडौ, २०७४ श्रावण २८शनिबार । यु ट्युब तथा टेलिभिजन नेटवर्कहरुलाई माथ दिनेगरी सोसल मिडिया जाएन्ट फेसबुकले नयाा डेडिकेटेड भिडियो च्यानल सर्भिस लञ्च गर्दैछ ।
Facebook video

प्रयोगकर्ताले निकट भविष्यमै आफ्नो फेसबुक वालमा वाच ट्याब देख्नेछन् जहाा गएर विभिन्न खाले भिडियो शोहरु हेर्न पाइनेछ ।
ध्बतअज पर्सनलाइज्ड हुने भएकाले प्रयोगकर्ताले आफै नयाा नयाा भिडियो तथा शो हरु खोज्न पाउनेछन् ।
साथै भिडियो दर्शकहरुले शो मा आएका कमेन्ट हेर्न, साथी तथा डेडिकेटेड ग्रपलाई कनेक्ट गर्न सक्दछन् ।
फेसबुक पोष्टमार्फत सिइओ मार्क जुकरबर्गले भनेका छन् । शो हेरिरहादा निस्क्रिय बसिरहनुपर्ने छैन । सोही शो हेरिरहेका साथीहरुबीच अनुभव र भावना शेयर गर्ने र सागै शो हेर्ने अवसर प्राप्त हुनेछ ।
यद्यपि, फेसबुकमा अहिले पनि प्रशस्तै भिडियोहरु छन् तर फेसबुकमा रहेका भिडियोमा अत्यधिक मात्रामा एमेच्योर तथा छोटा भिडियोहरुको बाहुल्यता छ ।
फेसबुकले गत वर्ष भिडियो ट्याब सुरु गरेर आफैले ओरिजिनल सामाग्री उत्पादन गर्ने कुराको संकेत गरेको थियो ।
फेसबुकको वाच फिचरले फेसबुक तथा भिडियो शो निर्माता दुबैलाई राजश्व आम्दानीको नयाा मार्ग प्रशस्त गरिदिन सक्छ । शो का दौरान दर्शकहरुलाई विभिन्न विज्ञापन समेत देखाइनेछ ।
तर, फेसबुकले जुन क्षेत्रमा पाइला अघि बढाउादैछ त्यो अत्यधिक बलिया खेलाडीहरु भएको क्षेत्र हो । परम्परागत टेलिभिजन नेटवर्क देखि लिएर यु ट्युब र नेटफ्लिक्स जस्ता अनलाइन सर्भिसहरुको दबदबा छ यो क्षेत्रमा ।
उता डिज्नेले सन् २०१९ देखि नेटफ्लिक्स सागको सम्झौता भंग गरी सिधै उपभोक्तासम्म पुग्ने आफ्नै भिडियो स्ट्रिमिंग सर्भिस सुरु गर्ने जनाइसकेको छ । साथै उनले अर्को वर्षदेखि खेलसाग सम्बन्धित इएसपिएन स्ट्रिमिंग पनि सुरु गर्ने जनाएको छ ।
उता फेसबुकसाग पनि आफ्ना शोहरु स्ट्रिम गर्न कैयन् नामूद कम्पनीहरु पर्खेर बसेका छन् । अमेरिकाको मेजर लिग बेसबल, महिला बास्केटबल, नेसनल जोग्राफिकको सफारी शोदेखि लिएर फक्स मिडिया, बज फिड, ग्रुप नाइन मिडिया आदिले फेसबुकसाग कार्यक्रम उत्पादन र प्रसारणका लागि सम्झौता गरिसकेका छन् । बीबीसी

प्रतिक्रिया