Bisal Chautari Logo

विराट कोहलीसंग भिड्दै सन्दीप लामिछाने

- २४ चैत्र २०७५, आईतवार ०७:२७ मा प्रकाशित


SANDEEP LAMICHANE VS VIRAT KOHIL IPL

विशाल चौतारी समाचार
काठमाडौं, २०७५ चैत २४, आइतवार।
इन्डियन प्रिमियर लिग (आईपीएल) मा आइतबार रोयल च्यालेन्जर्स बैंगलोर र दिल्ली क्यापिटल्सबीच प्रतिस्पर्धा हुँदैछ । भारतीय क्रिकेटका कप्तान विराट कोहलीको बैंगलोर लगातार पाँच खेलमा पराजित भएको छ ।

छैटौं खेलमा विराटको टिमले नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछानेको दिल्ली क्यापिटल्ससँग प्रतिस्पर्धा हुँदैछ । विराट पहिलो जितको खोजीमा हुनेछन् । यसअघिका तीन खेलमा लगातार विकेट लिएका सन्दीप पहिलो रोजाइको खोजीमा हुनेछन् । दिल्ली र बैंगलोरबीचको खेल बेलुकी सवा ४ बजेपछि सुरु हुनेछ ।

यस्तै, अर्को खेलमा राजस्थान रोयल्स र कोलकत्ता नाइट राइडर्स भिड्ने छन् । राजस्थान रोयल्स र कोलकत्ता नाइट राइडर्सबीचको खेल राति सवा ८ बजेपछि सुरु हुनेछ ।

प्रतिक्रिया