कालो पहाड

sandip rai story kalo pahad

कथा

सन्दिप राई

sandip rai story kalo pahad

‘जब चामल उम्लिन थाल्यो बाँस्नाले दिमागमा रोमाञ्चकता थप्यो । दाल, भात पाक्नै लागेको थियो । म त्यहाँबाट उठ्न खोजे । तुम कहा जा रहे हो ? सुत्न । वृद्धाले बस भन्यो । फर्किएर बसे । ढकनी र कुच्चिएको थालमा भात पस्कियो । एक भाग म तीर सा¥यो । मे नही खाउगा भने बैसाखी उठाएर झन्नै हिर्कायो क्या वोला तुमने ।’

पञ्जाबको जलाडी बस्तीमा पाईप सप्लाईको काम चलिरहेको थियो । अचानक बिरामी भए । पाईप सप्लाईको काम सकिएपछि साथीहरु अर्को काम गर्न पलामपुर गए । म अचानक अस्वस्थ्य भए ।मेरो स्वस्थ्य झनझन खराब हुदैँ गएपछि अस्पताल भर्ना हुनु प¥यो । अस्पतालको शैयामा अठार दिन विताए । साथमा भएको पैशा अस्पतालमा सकियो । साथीहरुलाई खोज्दै जान सक्ने अवस्था थिएन । अस्पतालले डिस्चार्ज गरेपछि धर्मशालामा गएर बसे ।

पहिलो दिन आफ्नो साथमा भएको भुजिया खाएर कटाए । दोस्रो दिनदेखि साथमा केही थिएन । काम गरौ बिरामीबाट भर्खरै तङ्ग्रिन्दै थिए । साथीहरुसंग सम्पर्क गर्ने कुनै माध्यम थिएन । बाहिरी समाज जस्तै रहेछ धर्मशाला पनि । धर्मशालामा बस्ने मानिसहरुको पनि वर्ग हुदाँरहेछन् । पहिलो पल्ट अनुभव गरे । बलिया बाङ्गा राम्रो ठाउँमा बस्थे । निम्छुराहरु बलेसी तीर । निम्छुराहरुले मागेर ल्याएको खानेकुराहरु बलियाहरुले खोसेर खाईदिन्थे । आफु त झन नयाँ मान्छे त्यसै माथी बिरामीले सिथिल लड्ने भिड्ने कुरै भएन धर्मशालाको एक छेउमा भोकै तीन दिन विताए । खै कहाँ–कहाँबाट धर्मशालामा आइपुग्छन् यति धेरै मान्छेहरु । कुनै–कुनै रातभरी बरबराउँथे । कोही यस्तरी सुत्थे बालक जस्तै । कोही घरी हाँस्थे घरी रुन्थे । बेला बेला लाग्थ्यो यो धर्मशाला नभएर एउटा रंगमञ्च हो । जहाँ कलाकारहरु अभिनय गरीरहेका छन् । तीन दिनसम्म कोहीसंग बोलचाल भएन । निक्कै गाह्रो भइरहेको थियो । विहानीको पारीलो घामले अलिकती स्फुर्ती थपे झै भयो । चउरमा निस्किए । म चउरमा निस्किएको देखेपछि पल्लो कुनामा संधै खोक्दै–खोक्दै बस्ने वृद्वले बोलायो । ओ बेटे इदर आओ । मनमा लाग्यो यो बुढाले पनि हप्काउन थाल्यो । तुमने खाना खाया कि नही ? मैले नही भने उसले भन्यो कब खाओगे ? मेरे दोसलोग कामपे गये हे जब लटेङ्गे तब खाउङ्गा । जाओ पानी लेकर आओ ।

गरिब दिन दुःखी भएपछि, असक्त भएपछि एउटा माङ्ने बुढाले पनि हेप्दारहेछन जस्तो लाग्यो । चुपचाप थोत्रे टिनको भाडामा पानी लिएर आए । उसले दाल चामल केलाउदै भन्यो स्टोप जला । मनमा लाग्यो माङ्ने बुढाको दासी नै भइयो । एउटा सिपाही झै वृद्वले दिएको आदेश खुरुखुरु पुरा गरे । जब चामल उम्लिन थाल्यो बाँस्नाले दिमागमा रोमाञ्चकता थप्यो । दाल, भात पाक्नै लागेको थियो । म त्यहाँबाट उठ्न खोजे । तुम कहा जा रहे हो ? सुत्न । वृद्धाले बस भन्यो । फर्किएर बसे । ढकनी र कुच्चिएको थालमा भात पस्कियो । एक भाग म तीर सा¥यो । मे नही खाउगा भने बैसाखी उठाएर झन्नै हिर्कायो क्या वोला तुमने । परसो से देखरहा हूँ तुम्ने कुछ नही खाया । कालो कुच्चिएको भाडा, नमाझिएको कराई, लामो– लामो नग्रा भित्रको कालो फोहोर र पहेलो दाँत हेर्दै घिन लाग्यो । भोकले त हैरान थिए । दिनभरीको सिकार खाउ भने कान्छा बाबुको अनुहार झै भयो । बाँच्न कै लागी भए पनि खानु पर्ने विबस्ता थियो । सोचे फोहोर नै भए पनि आगोमा उम्लिएपछि किटाणुहरु त नष्ट हुन्छन् । जब पहिलो गाँस अन्नको टुक्रा मुखमा लगाए आँखामा आँशु रसायो । आँखामा छल्किएको आँशु देखेर वृद्व भावुक बन्दै भन्यो बेटा ये दुनियाँ स्वार्थी हे । स्वार्थी दुनियाँमा बाँच्न कति गाह«ो हुन्छ । त्यो त मलाई थाहा छ । हेर्दा त दःुख पाएको मान्छे जस्तो लाग्दैन । सायद बाबु आमालाई ठग्न नेपालदेखि यता आएको होला । खासमा हामी नेपालमा गणतन्त्र स्थापना गर्नका लागि लडिरहेका योद्धाहरु थियौँ । राज्यले देशद्रोहीको मुद्दा लगाएर वारेण्ट जारी गरेपछि विभिन्न भूमिकामा भारतको गाउँ शहरमा भूमिगत जीवन विताईरहेका थियाँै । मैले वृद्वलाई ढाटे म्याट्रिक दिएर यता घुम्न आएको साथीहरुले धोका दियो । अब यसो खर्च कमाएर घर फर्कने विचारमा छु । जाउ तिम्रै घर जाउ तिमि जस्तो मान्छे यहाँ भूल्ने होईन । यो कालो पहाडमा त मान्छेहरु जहिल्यै तड्पिएर बाँच्नु पर्छ । अङ्ग्रेजहरु त भारतलाई सुनको चरी भन्थे वृद्वले कुन अर्थमा कलो पहाड भन्यो बुझ्न सकिन । गफगाफमै खाना खाइसक्यौँ । वृद्व माग्न हिड्यो । साँझ दुवै भएर खाना पकाएर खायाँै । यसरी धर्मशालाका दिनहरु वित्न थाल्यो । पहिले हेर्दै घिन लाग्ने माङने वृद्व बाबु हो कि बाजे त्यति प्यारो लाग्न थाल्यो ।
हेर वेटा म पनि जवानाको नामी इमान्दार कर्मचारी हु । एक प्रतिष्ठित कम्पनीको डाइरेक्टर थिए । नियतीले धकेलेर सडकमा माग्ने बनायो । एक दिन कम्पनीमा काम हेर्ने क्रममा अचानक खुट्टा जिप्टीएर फित्ताले खुट्टा चुटाई दियो । लङ्गडो भएपछि पहिला औधि माया गर्ने फ्याक्ट्री सञ्चालकहरुले काम गर्न सक्दैनस भनेर निकाली दियो । पहिलेकै जिम्मेवारी सम्हाल्न नसके पनि अरु कुनै जिम्मेवारी लिन सक्थे । सञ्चालकहरुबाट त्यो मूल्याङ्कन भएन । सञ्चयकोष, विमा र क्षतिपूर्ति गरी निक्कै मोटो रकम पाए । सबै रकम चार भाई छोराहरुलाई त्यस समयको पाँच–पाँच लाख बाडि दिए । कालन्तरमा मैले सोचे भन्दा धेरै फरक किसिमले समयले कोल्टो फे¥यो । सबै छोराहरु क्रमशः टाडिन्दै गए । जीवनभर कमाएका पैसा छोराहरुलाई बाडि दिएको थिए । फेरी कमाउन सक्ने सामाथ्र्य थिएन । आफुले त्यति धेरै माया गरेर हुर्काइ, बढाएका छोराछोरीहरुले अपहेलना गर्न थाले । आफ्नो नाममा न जग्गा जमिन थियो न पैसा । त्यहिबाट श्रीमती र मेरो दुरदशा सुरु भयो । अन्तिम घडीमा यस्तो सोचे भावीले मागि खान लेखेको रहेछ ठिकै छ मागेरै खान्छु । मेरो योजना श्रीमतीलाई मात्र भनेर यहाँ आए । औसत दिनको पाँच सय कमाई हुन्छ । सीजनमा दूई हजार पच्चिस सयसम्म हुन्छ । अहिले वैंकमा दुई लाख ब्यालेन्स गरेको छु । पहिले सबै छोराछोरीहरुले हेला गरे अहिले वैंक ब्यालेन्स रहेको थाहा पाएपछि सबै नजिक हुन खोज्छन । वेटा यो दुनियाँ यति स्वार्थी छ । सबैले मलाई लङ्गडो माङने वृद्धा भने पनि श्रीमतीलाई यहिबाट खर्च पठाई रहेको छु । थूप्रै मानिसहरुको भन्दा मेरो कमाई राम्रो छ । जीवन त यसरी पनि चल्दोरहेछ । यसो भन्नुको अर्थ मागेर खानुपर्छ, मागेर जिन्दगी चलाउनुपर्छ भन्ने होइन । म पनि पाखुरा बजारेर दश नग्रा खियाएर पसिनाको मोल खानुपर्छ भन्ने मान्छे । नियतिले मागेर खान विवश छु । यति हो जस्तो परिस्थिति आएपनि मान्छेले पैसाको निम्ति आत्मा बेच्नु हुन्न ।
यसरी धर्मशालामा वृद्वसंग निकट भए । कहिले–काही यति गफ हुन्थ्यो कि वृद्व विहान माग्न जानै भूल्थे । समय वित्दै जाँदा त्यो धर्मशालामा वृद्वको प्यारो म र मेरो प्यारो भए वृद्व । रात परेपछि अनाथ झै धर्मशालाको एकाछेउमा गुटमुटिए सुत्थ्याँै । पन्द्र दिनपछि मलाई खोज्दै साथीहरु धर्मशाला आईपुग्यो । विचरा वृद्वले तिमिलाई माया गरेर खाना दिएछन यो पैशा छाडी राख भनेर एक जना साथीले हजार रुपैयाँ दियो । यो पैसा राख्नुस भनेर दिन के खोजेथे वृद्वले वैशाखी उठाएर झन्डै हिर्कायो । साले मेने ब्यापार किया हे ? जो तुम मुझे पैसे दे रहे हो ? कित्ना पैसे हे तुम्हारे पास ? मुझे खाना नही मिला इसलीए मे मागने के लिए चलाआया । तुम ने खाना नही पाया इसलीए मेने खाना दिया । थोडी ना मेने पैसे के लिए किया हे । मार गाली ग¥यो । मलाई लिन साथीहरु आईसकेका थिए । त्यसैले वृद्वसंग त्यो धर्मशालाबाट विदा हुनु थियो । गह«ौ मनले विदा मागे । धेरै खल्लो लागि रहेको थियो । यस्तो खल्लो कुनै प्रियजनसंग छुट्दा महसुस भएको थिएन । मलाई विदा गर्नुको पीडा वृद्वको चाउरीएको अनुहारमा पनि प्रतिविम्बित भएको थियो । वृद्वले हिड्ने वेला भन्यो । सम्भव भएसम्म चाडो घर जा पैशा छैन भने भाडा लगाई दिन्छु । तेरो अझै केहि गर्ने समय छ । त यहाँ नबस यो कालो पहाड हो ।

tudikhelnews@gmail.com