Bisal Chautari Logo

‘साङ्लो’को प्रदर्शन मितिसँगै फस्टलुक सार्वजनिक

- १२ आश्विन २०७६, आईतवार ११:२० मा प्रकाशित


sanglo movie poster
विशाल चौतारी समाचार
काठमाडौ, २०७६ असोज १२ आइतवार ।
एक्सन स्टार विराज भट्टको चलचित्र ‘साङ्लो’को अफिसियल पोस्टर सार्वजनिक गर्दै नयाँ प्रर्दशन मिति तय गरिएको छ । चलचित्रको पोस्टरमा अभिनेता भट्ट मात्रै प्रस्तुत छन् । आफ्नो एक्सन स्टाइललाई अगाडि बढाउँदै विराजले आफू निर्मित तथा निर्दे्शित चलचित्रको फस्टलुक र प्रदर्शन मिति सार्वजनिक गरेका छन् ।

विराजले निर्देशन गरेको यो चलचित्र फागूणको ९ गतेबाट रिलिज हुने भएको छ । सुरुवातमा यो चलचित्र कात्तिक १५ गते रिलिज हुने बताइएपनि काम नसकिएको भन्दै प्रदर्शन मिति सारिएको थियो । चलचित्र ‘साङ्लो’लाई एक्सन र सामाजिक कथामा निर्माण गरिएको वुझिएको छ । विराजको जोडीको रुपमा पूर्व मिस नेपाल निकिता चाण्डक प्रस्तुत भएकी छिन् ।
चलचित्र ‘आमा’ले फागूण ९ लाई यसअगाडि नै प्रदर्शन मिति तय गरेकाले अब विराजको चलचित्रसँग जुध्ने पक्का भएको छ । चलचित्रमा प्रकाश शाह, कामेश्वर चौरासिया, जयनन्द लामा, आर.पी. पन्त लगायत कलाकारको पनि अभिनय छ । सुरेश अधिकारी र राजनराज सिवाकोटीको संगीत रहेको फिल्मलाई मानकृष्ण महर्जनले छायांकन गरेका छन् ।

प्रतिक्रिया