Bisal Chautari Logo

चर्चित गायक सन्जोक योन्जनले अमेरीका र जापानमा साङ्गीतिक धमाका दिने

- २६ पुष २०७४, बुधबार ०८:३६ मा प्रकाशित


renowned Singer Sanjok Yonjan performing USA & JAPAN
विशाल चौतारी समाचार
काठमाडौा, २०७४ पौस २६ बुधबार । चर्चित गायक सन्जोक योन्जनले यसपाली तामाङहरुको नयाा बर्ष २८५४ औ सोनाम ल्होसारको अवसरमा अमेरिकाको न्यूयोर्क, सानफ्रानसिस्को र जापानको बिभिन्न शहरमा साागितिक धमाका दिने भएका छन् ।
तामाङ समाज जापान, (Tamang Samaj Japan, Tamang Cooperation Society Of California & Tamang Society Of America) को आयोजनामा हुने कार्यक्रम January 14 New York, January 20 Tochigi, January 28 Tokiyo & Feb 17 San Francisco मा  हुनेछ ।
चर्चित गायक योन्जन नेपाली साागितिक क्षेत्रका पुरानो कलाकार हुन् । उनी राष्ट्रिय तथा अन्तराष्ट्रिय अवार्डबाट समेत बिगतका दिनमा सम्मानित भएका छन् । हाल बिदेशमा बसाई भएपनि नेपाली गित संगितलाई निरन्तरता दिंदै आएका योन्जनले अहिले सम्म ५ वटा गिति एल्बम बजारमा ल्याईसकेका छन् । उनका प्राय जसो गितहरू लोकपप, तामाङ सेलो, कौडा, चुट्का, झ्याउरे र रिमिक्स गितहरू देश बिदेशमा निकै चर्चामा छन् ।
उनले गाएको अहिले सम्मकै एकदमै चर्चित गित ‘आलु र तामा छेपारोलाई जामा’ भन्ने बोलको गीत हो । यस गितका शब्द र संगित भने अग्रज लोक गायक सोम बहादुर घ्लानको रहेको छ । त्यसैगरि पछिल्लो समयमा बजारमा आएका शेर्पिनी दिदी, छम्म छम्म नाचिदेउ हजुर, घर मेरो मादनकुडारी, भमराको बानी, आफ्नो देश सम्झेर, जााउ हिंड मैच्याङ, रसुवाको धुन्चे बजार (म्हेन्दोमाया), स्टेज प्रस्तुतिका लागि उत्कृष्ट संगित संयोजनमा बनेका छन् ।
उनले नेपालकै उत्कृष्ट संगित संयोजकहरू फनिन्ऽ राई, सुनिल बर्देवा, राजन ईशान, बबिराज घतानी, पवन वाङ, नोर्बु शेर्पा र चन्ऽ दोङ संग काम गरि सकेका छन् । तामाङ भाषामा गाएको देउराली गाङ, ताम्सालिङ, सिङ्गुन जात्रा र सेलो जुहारी सर्बा्धिक रूचाईएका गितहरू हुन् । उनले यि गितहरू गाउन शुरू गर्ने बित्तिकै दर्शकहरू हुरूरू नााच्नलाई तम्सिन्छन् । उनको प्रत्यक्ष स्टेज प्रस्तुति सुन्दर तरिकाले भूमिका निर्बाह गरी सबैलाई संगित मार्फत मनमा शान्ति र आनन्द दिलाउाछन र आफु पनि रम्छन् । उनि भन्छन सााच्चिकै गायक भनेको त्यो हो जसले स्टेज प्रस्तुतिमा सहि सुर र तालमा आफ्नो गला र कला देखाउन सक्छन् ।
भाग्यमा भन्दा कर्ममा बढि बिश्वास गर्ने र कुनैपनि कुरामा बढि मिहेनत गर्ने उनको बानी छ । अहिले सम्म योन्जनले बिश्वका २७ देशहरू क्रमश, कतार, मलेशिया, सिङ्गापुर, जापान, ईजिप्ट, टर्की, ईरान, सिरिया, साउदी अरेबिया, बहराईन, ईजराईल, युके, फ्रान्स, जर्मन, ईटाली, मोनाको, स्विटजरल्याण्ड, स्पेन, नेदरल्यान्ड, बेल्जियम, पोर्चुगल, क्यूबा, बाहमस, जमाईका, अमेरिका र भारतको भ्रमण गरिसकेका छन् । अन्तमा गायक योन्जनले छैंटौ एल्बम बजारमा छिट्टै ल्याउने जमर्कोमा लागि परेका छन। यस एल्बममा प्राय सबै गितहरू आफ्नै शब्द र संगितमा हुनेछन् ।

पछिल्लो समय रिलिज भएको गीत हेर्नुहोस् :-


New Nepali Tamang Lok Selo Song “Mhendo Maya” by Sanjok Yonjan featuring Sonam Pakhrin and Sumi
Lyrics and Music: Sanjok Yonjan
Arranger: Rajan Ishan
Model: Sumi and Sonam Pakhrin
Make Up Artist: Seema Gurung
Choreography: Sagar Tamang
Camera: Gyanendra Sharma
Edit: Prabin Shrestha
Direction: Pasang Yonzon Lama

प्रतिक्रिया