Bisal Chautari Logo

मेलिना र हरिको गीतमा दिक्पाल र अन्जलीको ‘चट्ट रुमाल’ (भिडियो सहित)

- २७ असार २०७६, शुक्रबार १३:३७ मा प्रकाशित


Dikpal Karki and Anjali Adhikari music video Melina Rai and hari rai song
विशाल चौतारी समाचार
काठमाडौ, २०७६ असाढ २७ शुक्रबार ।
चर्चित लोकप्रिय गायिका मेलिना राई र गायक हरि राईको ‘चट्ट रुमाल’ बोलको गीत सार्वजनिक भएको छ । केही दिन अगाडी सार्वजनिक भएको गीतमा गायक हरि राईको नै शब्द तथा संगीत रहेको छ । यस गीतमा गणेश चौधरीको एरेंज रहेको छ ।

सार्वजनिक म्युजिक भिडियोमा अभिनेता तथा मिस्टर मोडल अफ द वल्र्ड – २०१८का बिजेता दिक्पल कार्की र पछिल्लो समय चर्चित मोडल अन्जली अधिकारीको अभिनय रहेको छ । भिडियोमा अभिनेता दिक्पल र मोडल अन्जलीको कामसंगै क्यामेस्ट्रीपनि जमेको छ ।

यस गीतको भिडियोलाई क्रान्ति केसीले निर्देशन गरेका छन्, भने अजय रेग्मीको छायाँकन रहेको छ । क्रान्ति केसीको निर्देशनमा तयार भएको गीतको भिडियोलाई निराजन केसीले संपादन गरेका हुन् ।

भिडियो हेर्नुहोस् :-

प्रतिक्रिया